» » एमाओवादी सभासदद्धारा आन्दोलनकारीको माग सम्बोधन गर्न गम्भिर पहलको आग्रह(पत्र सहित)


काठमाडौ, भदौ २३ गते । एकीकृत नेकपा (माओवादी)का मधेशी, दलित, जनजाति र मुस्लिम सभासद्हरुले तराई मधेशमा जारी आन्दोलनप्रति गम्भीर हुन आग्रह गर्दै सभासदहरु संसदीय दलको कार्यालयमा पत्र बुझाएका छन् । दलको प्रमुख तथा एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार पत्र बुझाउँदै आन्दोलनको माग सम्बोधनका लागि ‘गम्भीर पहल’ थाल्न आग्रह गरेका हुन् ।
प्रत्यक्ष र समानुपातिकतर्फबाट सभासद् बनेका २३ जना सभासद्ले संयुक्त रुपमा बुझाएको पत्रमा ‘दलको भूमिका बदिलिँदो परिस्थितिअनुसार’ हुनुपर्ने उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘विभिन्न माग राखी तराईलगायत देशका महत्वपूर्ण भागहरु करिब एक महिनादेखि बन्द हड्तालले आक्रान्त छ ।’
सरकार ती मागको सम्बोधन गर्नुको सट्टा दमनमार्फत हल गर्न लीन भएको आरोप लगाउँदै पत्रमा थप भनिएको छ, ‘संविधान निर्माणको अन्तिम चरणमा आइपुग्दा पनि यी आन्दोलनकारीका जायज माग पूरा गर्ने कुनै पहल नहुँदा जनताको धैर्यको बाँध टुट्ने र पूरै देश संकटमा पर्ने सम्भावना छ ।’ सभासद्हरुले यस्तो परिस्थितिमा दलले आन्दोलनकारी जनताको माग पूरा गराउन विशेष पहल गर्नुपर्ने भन्दै पार्टीको ध्यानाकर्षण गराएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..