» » मधेश आन्दोलनले मोदी सरकार सकसमा, रे लाई बोलाए दिल्ली


काठमाडौ, असोज ४ गते । भारतको इच्छा विपरित तीन दलले बहुमतले सविधान जारी गरेपछि मोदी सरकारमै असर परेको छ । विहारमा चुनावको रौनक बढेसँगै मधेशमा जारी आन्दोलन लिएर विहारका नेताहरु मोदी सरकारको खुलेर आलोचना गरिरहेका छन् ।
विहारको छेउमै रहेको मधेशमा अहिले अशान्ति छ ।
जनतामा क्राश बढेको बढैछ । छिमेकी प्रदेश भएका कारण त्यहाँ द्धन्दको असर सिधै विहारको चुनावमा पर्ने भन्दै विहारका मुख्य मन्त्री नितिश कुमारले मधेशको आन्दोलनलाई समाधान गर्न नसक्ने विहारलाई के नै दिनसक्छ भनि टिप्पणी गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेश अन्दोलनप्रति चासो लिन थालेका छन् ।
दलहरुबीच सहमति बिना नै सविधान जारी भएपछि प्रधानमन्त्री मोदीले नेपालका लागि भारतीय राजदूत रञ्जित रे लाई दिल्ली बोलाएको छ । त्यसअघि मोदी केवी राजनलाई पठाएर दलहरुको बीचमा सहमति बनाउन प्रयास गरेका थिए । सो प्रयासपछि वार्ताका लागि दुई दिन सविधान निर्माण प्रकृया दुई दिनका लागि स्थगित गरेको थियो तर दलहरुबीच संवाद हुन सकेन ।
त्यसपछि मोदीले आफ्ना विदेश मन्त्रालयका सचिव जयशकंरलाई विशेष दूताको रुपमा नेपाल पठाएका थिए । उनले यहाँ तीन दलका नेताहरुलाई भेटेर सहमति गर्न दवाव दिएका थिए तर उनको दवाव पनि काम लागेन । अन्ततः असोज ३ गते सविधान जारी भयो ।
जारी भएकै भोलीपल्ट अर्थात असोज ४ गते राजदूत रे लाई दिल्ली बोलाएको छ । उनी दिल्ली जानु अघि विहान एमाओवादीका अध्यक्ष प्रचण्डलाई भेटेका थिए भने हिजो प्रधानमन्त्री कोइरालासँग फोन वार्ता गरेका थिए । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..