» » गच्छदार नेतृत्वको मोर्चा सविधान निर्माणको प्रकृयाबाट अलग


काठमाडौँ, भदौ २० गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छेदारको नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेको छ ।
नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्रस्तुत गरेको संशोधनले मुलुकमा विद्यमान द्वन्द्व समाधान नगर्ने निष्कर्षसहित मोर्चा संविधानसभाका प्रक्रियाबाट अलग हुने निष्कर्षमा पुगेको हो ।
मधेसी, आदिवासी, जनजाति, मुस्लिम र थारु समुदायले अपेक्षा गरेअनुरुप प्रमुख तीन दलबाट संशोधन प्रस्ताव नआएकाले आफूहरु यो निर्णयमा पुग्न बाध्य भएको फोरम (लोकतान्त्रिक) का प्रमुख सचेतक योगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “द्वन्द्व निम्त्याउने संविधानमा साक्षी बस्न नसक्ने ठहर गर्दै, संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरिएको हो ।”

मोर्चामा आबद्ध फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) को हिजो साँझ बसेको संयुक्त बैठकले संविधान लेखनको हालसम्मको चरणमा पार्टीले जिम्मेवारपूर्ण रुपमा योगदान पु¥याएको ठहर गरेको थियो ।

फोरम लोकतान्त्रिकको संविधान लेखनको योगदानलाई प्रमुख राजनीतिक दलले अवमूल्यन गरेकाले अब जनताका माझमा जाने निर्णय गरेको सचेतक चौधरीले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..