» » ‘काठमाडौको मिडिया पूर्वाग्रही’


काठमाडौ असोज २ गते । राष्ट्रिय सञ्चारमाध्यममा तराई मधेशका समाचारलाई स्थान नदिएको दिएपनि तोडमडोर गरेर दिने गरेको आरोप लागि रहेको बेला ती सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरुले सो आरोपको खण्डन गरेको छ ।
उनीहरुले समाचार सम्प्रेशनमा केही त्रुटी भएपनि भनिएको जस्तो केही राख्दै नराखेको, तोडमडोड नगरेको स्पष्ट पारे । उनीहरुले मधेशको समाचार, सूचना, विचार आफूहरु समक्ष आउन नसकेको धारणा राख्दै यसका लागि मधेशी पत्रकारहरुले नै सूचना केन्द्र स्थापना गरि लेख, रचना तथा समाचारहरु सम्प्रेशन गर्नुपर्ने सुझाव पनि दिए ।
मधेशी पत्रकार संघले शनिवार सविधान निर्माण प्रकृया र मधेशमा जारी आन्दोलनमा सञ्चारमाध्यमको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार तथा सम्पादकहरुले आआफ्ना धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघका पूर्व महासचिव एवं रातीपाटी अनलाईनका प्रधान सम्पादक ओम शर्माले काठमाडौ केन्द्रीत सञ्चारमाध्यमले समाचारै दिदैन, छाप्दैन भन्नु गलत रहेको बताए । उनले भने, मधेशका न्यूज नै कभरेज हुँदैन भने कुरा म मान्दिन, हेर्ने दृष्टिकोणमा फरक परेको हुन्छ ।’ राष्ट्रिय मेडियाको इन्ट्रेष्ट केमा छ त्यो कुरा पनि बुझ्नु पर्ने बताउँदै उनले आफूले सोचेको समाचार आई दिनुपर्छ भनि सोच सबैमा हुन्छ तर त्यो बुझाई गलत रहेको बताए ।
उनले राष्ट्रिय मिडियामा मधेशको समाचार र लेखहरु नआउनुमा मधेशी पत्रकार तथा मधेशी बुद्धिजिवि पनि दोषी रहेको उल्लेख गर्दैै मधेशको कुराहरु लेखेर दिनुपर्ने सुझाव दिए ।

नागरिक दैनिकका विश्वमणी पोखरेलले मधेशमा प्रोफेशनलिज्मको अभाव रहेको बताए । समाचार लेख्ने क्रममा कोही मधेशी भई दिन्छन् भने कोही पहाडी भइ दिन्छन् त  कोही दलित, त्यसले गर्दा खोजेको जस्तो समाचार आउन नसकेको उनले धारणा राखे ।
हामीले टीकपुर घटनामा प्रहरी मारिएको समाचार मात्रै लेखेनौ, महोत्तरीमा एम्बुलेन्सबाट प्रहरीलाई थुतेर मारेको मात्र समाचार लेखेनौ, पान खान हिडेका मधेशी मारिएको समाचार पनि लेखियौ, ट्युशन पढ्न हिडेका विद्यार्थी मारिएको पनि समाचार लेखियौ, उनले भने, वजार हिडेकालाई पुलमाथिबाट अन्धाधुन्ध गोली चलाएर मारेको पनि समाचार लेखियौ । हुन सक्छ मधेशी समुदायले चाहेको जस्तो समाचार नआएको होला । त्यसमा हामीबाट पनि कही कतै गल्ती कमिकमजोरी भएको होला तर सबैलाई एउटै शोलो डोलोमा राख्नु हुँदैन ।’
मधेशमा थुप्रै समस्याहरु छन्, त्यसमध्ये कतिपय समस्यामा कारण मधेश नै रहेको छ, त्यसको बारेमा पनि त्यहाँ पत्रकार मधेशी बुद्धिजिविहरुले बोल्दिनुपर्ने बताउँदै पत्रकार पोखरेलले बन्द हड्तालको कार्यक्रम त्यागेर आन्दोलनको स्वरुप परिवर्तन गर्न पनि सुझाव दिए ।

अनलाइनखबरका सम्पादक अरुण बरालले मधेशको मामलामा काठमाडौका मेडियाले त्रुटी गरेको उल्लेख गर्दै त्यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले काठमाडौको मेडियाले केही लेखदिएन, केही बोल्दिएन भनि आरोप लगाउनु भन्दा पहिलो आफूले के गरेको पनि ख्याल गर्नुपर्छ, सबै अरुले नै गर्दिनुपर्छ आफू माओवादी नेता जस्तो पेट फुलाएर मात्र हिड्ने गर्नु हुँदै भन्दै मधेशी पत्रकारहरुले न्यूज सेन्टरको स्थापना गरि मधेशको समाचारहरु सम्प्रेशन गर्नुपर्ने धारणा राखे ।
अहिलेको आन्दोलन सम्प्रदायी हो भने आरोप एकदमै गलत रहेको बताउँदै उनले राज्यको मूल ट्रेण्ड नै सम्प्रदायी रहेको बताए । आफ्नो अधिकारका लागि सघर्ष गर्नु कदापी सम्पादायी होइन । राज्यले जवर्जस्ती लगाएको आरोप मात्र हो, सम्पादक बरालले भने, पहिला पत्रकार बनुस् अनि त्यसपछि मात्र मधेशी, त्यसपछि मात्र पहाडि, त्यसपछि मात्र जनजाति दलित बन्नुहोला ।’ काठमाडौको मेडियाको लेवल पनि उठ्नुपर्ने सुझाव दिँदै उनले पहिलको तुलनामा राष्ट्रिय मिडियामा बढी समाचार आएको पनि बताए ।
कान्तिपुरमा पत्रकार बसन्त बस्नेतले राष्ट्रिय सञ्चारमाध्यम मधेशप्रति त्यति सकारात्मक नभएपनि पहिलाको तुलनामा अहिले धेरै कुराहरु आउन थालेको बताए । उनले सञ्चारमाध्यममा देखिएको विभेदको बारेमा संयुक्त रुपमा लड्नुपर्ने धारणा राखे ।

प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले काठमाडौको सञ्चारमाध्यमप्रति मधेशको निकै असन्तुष्टि रहेको बताए । शनिवार नै मधेशको आन्दोलनमा पत्रकारको अवस्था बारे अनुगमन गरेर फर्केका सिवाकोटीले तराई मधेशका धेरै कुरा सञ्चारमाध्यममा नआएको कुरा सही रहेको बताए ।
उनले तराई मधेशमा जारी आन्दोलनको समाचार राष्ट्रिय मेडियामा नआएको कुराले त्यहाँका आन्दोलनकारीहरु धेरै दुखित र आक्रोशित पनि रहेको बताए । बन्दका कारण तराई मधेशमा पत्रपत्रिका नपुगेपनि अनलाइन र रेडियोको भर छ, तर कतिपय रेडियो र अनलाइनहरु आन्दोनलकारीको खुलेर समर्थन गरिरहेका छन्, उनीहरुको समाचार विज्ञापन जस्तो बजाई रहेका छन्, आन्दोलनमा हातहतियार लिएर आउन हाँकाहाकी एफएममार्फत भनिरहेका छन् तर त्यसको कुनै अनुगमन नरहेको उनले गुनासो गरे ।

गोरखापत्रका पूर्व सम्पादक सीताराम अग्रहरीले मधेशप्रति काठमाडौको सञ्चारमाध्यम पूर्वाग्रही रहेको आरोप लगाए । यही पूर्वाग्रहीका कारण मधेशी पत्रकार, दलित पत्रकार, जनजाति पत्रकार जन्मेको बताउँदै उनले कुनै समुदायप्रति कुनै प्रकारको भेदभाव नहोस् भनेर सञ्चारमाध्यमको ठूलो भूमिका रहेकाले अहिले मधेशमा भइरहेको आन्दोलनलाई काठमाडौको मेडियाले साथ नदिएको दावी गरे ।
टीकापुरको घटनामा विशेष सम्पादकीय लेख्नेहरु भैरहवाको घटनामा किन विशेष सम्पादकीय लेखेन भनि प्रश्न गर्दै उनले सञ्चारमाध्यमनै पूर्वाग्रही भएपछि उत्पीडनमा परेका समुदाय कहिले पनि न्याय पाउन सक्दैन भनि धारणा राखे । पहिलाको तुलनामा अहिले मधेशको कुरा सञ्चारमाध्यममा अलि बढी नै आएको छ, तर अपेक्षाकृत हुन नसकेको उनले बताए ।

एफएमहरुको छाता संगठन बानका अध्यक्ष गोपाल झाले तराई मधेशको आन्दोलनलाई सम्प्रदायीकता देखाउने काम सञ्चारमाध्यमबाट नै भइरहेको उल्लेख गर्दै त्यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले आफू अध्यक्ष रहेको संस्थामा सकभर यस्ता आरोपबाट बच्न हरसम्भव प्रयास भइरहेको बताउँदै सोचे जति सुधार नभएपनि प्रयास जारी रहेको बताए ।
टीकापुरको फुलवारी एफएम तोडफोडबाट बचाउन चाहेको भए सुरक्षाकर्मीले बचाउन सक्थे तर सुरक्षाकर्मी नचाहेर त्यसमा त्यस्तो क्षति भएको उनले उल्लेख गरे । तराई मधेशमा सुरक्षा संयन्त्र पनि पूर्वाग्रही भएको कारणले यस्तो क्षति भएको बताउँदै उनले भने, माइन्ड सेटमाथि विजय प्राप्त गर्न गाह्रो छ ।’ राज्यले मधेशीलाई विश्वास गरिरहेको छ तर कसरी विश्वास गर्ने अन्यौलमा रहेको उल्लेख गर्दै उनले काठमाडौका केही सञ्चारमध्यमहरु सम्प्रादायी फैलाउने प्रयास गरिरहेको छ त्यसमा उनले माउन्टेन टीभीको नामै लिए ।

मधेश मेडिया हाउसका डा. राजेश अहिराजले काठमाडौका मेडिया मधेशप्रति निकै पूर्वाग्रही रहेको दावी गरे । पहिलोको तुलनामा अलि कम भएपनि मानसिकता पुरानै रहेको टिप्पणी उनले गरे । प्रेस युनियन, प्रेस चौतारी, वा क्रान्तकारीका कि न नहोस् राज्यले त्यस्ता पत्रकारलाई नसमाई दियौं भनेका छन् मधेशी मूलका लागि अनुहारै देखेर समातिरहेको आरोप लगाउँदै पत्रकार झाले काठमाडौबाट मधेशको बारेमा टिप्पणी गर्नुभन्दा राम्रो त्यही (मधेश) गएर प्रत्यक्ष अध्ययन गरी टिप्पणी गर्न आग्रह गरे । उनले काठमाडौबाट मधेशको बारेमा बुझेर लेख्दा भन्दा कैयो गुणा अवस्था मधेशको खराब रहेको बताए ।
उनले मधेशका समाचार, लेख, रचनाको कमी रहेको स्वीकार गर्दै त्यसका लागि मधेशको सूचना केन्द्र स्थापना गर्नुपर्ने बताए ।

अधिकारकर्मी एवं पत्रकारीताको लामो अनुभव बोकेका विजयकान्त कर्णले मधेश आन्दोलनको बारेमा काठमाठौको मेडियामा समाचारको ब्यालेन्स नरहेको बताए । मधेश आन्दोलनलाई यहाँका सञ्चारमाध्यमले राज्यको आँखाबाट देखेका हुनाले यो समस्या उत्पन्न भएको बताउँदै उनले जबसम्म सञ्चारमध्यम स्वतन्त्र हुन सक्दैन तबसम्म उत्पीडित समुदायले मुक्ति नपाउने उल्लेख गरे ।
आन्दोलनमा आन्दोलनकारी मरोस् वा प्रहरी दुवै नेपाली मरेको हो, तर राज्यले त्यसलाई त्यसरी हेरेको छैन र त्यसलाई साथ दिएका छन् यहाँका सञ्चारमाध्यमले, उनले भने, जबसम्म प्रहरी मर्यो भने पहाडि मर्यो आन्दोलनकारी मर्यिो भने मधेशी मर्यो भने मानसिकता रही सरहन्छ तबसम्म मुलुकले मुक्ति पाउने छैन ।’

पत्रकारीता क्षेत्रमा सक्रिय भएर काम गरिसकेका जयनिशान्तले मधेशको समाचारको बारेमा काठमाडौका मेडिया पूर्वाग्रही रहेको बताए । काठमाडौमा छापिने पत्रिका, चल्ने टीभी, एफएम र अनलाईनमा आएका मधेश समाचारप्रति कुरा उठाउने थुप्रै ठाउँ रहेको बताउँदै सञ्चारमध्यम पूर्वाग्रही भए भने लोकतन्त्र बलियो नहुने बताए ।
उनले अहिलेको अवस्थामा काठमाडौका मेडिया पूर्वाग्रही नभएको भए सायद राज्यसँग उहिले नै वार्ता भएर सहमति भइसक्थे तर सञ्चारमाध्यमका कारण त्यो सफल नभएको बताए ,
कार्यक्रम संघका उपाध्यक्ष अमरेन्द्र यादवको अध्यक्षतमा सम्पन्न भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. Sab pahadi sancharkarmi haru bikisake ka chan....aba banne madhesh ptadesh ma hami sabai madheshi haru le yesto media lai totally banned garnu parchha....

    ReplyDelete

..