» » गएराति महोत्तरीका तीन प्रहरीचौकीमा आगजानी


महोत्तरी, भदौ २४ गते । आन्दोलनकारीले गएराति तीन प्रहरी चौकीमा आगजनी गरेका छन् । प्रहरीको गोली लागेर चार जना प्रर्दशनकारी मारिएपछि आक्रोशित आन्दोलनकारीले इलाका प्रहरी कार्यालय बलबा, मनरा प्रहरी चौकी र ओरही प्रहरी बिटमा आगजनी गरेका हुन् ।
प्रशासनले जलेश्वरमा बिहिबार बिहानैदेखि कर्फ्यू लगाएको छ । कर्फ्यूका कारण जनजीवन प्रभावित बनेको छ । यता आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, क्षतिपूर्ति र न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन् । मृतक ४ जनाकै शव जिल्ला अस्पतालमा राखिएको छ

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..