» » शहिदको सम्मानको नेता सहित दर्जनौँ जनाको सामुहिक मुण्डन


वीरगन्ज, भदौ २८ गते । मधेश आन्दोलनका क्रममा वीरगन्जमा प्रहरीको गोलीबाट मारिएकाहरुको शोक र सम्मानमा आज पर्साको विभिन्न स्थानमा दर्जनौ व्याक्तिहरुले आफनो शीरको कपाल खौरिएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वान आज बिहान सिर्सिया नदि घाटमा आफु सहित ५० जनाले सामुहिक रुपमा केश मुण्डन गराएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताउनु भयो । वीरगन्ज  र ग्रामीण भेगका अन्य स्थानमा पनि दर्जनौ व्याक्तिहरुले मृतकहरुको शोक र सम्मानमा केश मुण्डन गराएको उहाँले बताउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..