» » तीन दलको बैठकमा गच्छदारको पनि सहभागि

काठमाडौ ३१ गते । नेपालको नयाँ सविधान बहुमतले पारित भइसकेपछि बसेको तीन दलको बैठकमा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार पनि सहभागि भएको छ ।
तीन दलले सविधानमा हस्ताक्षर गर्ने दिनसम्ममा पनि गच्छदारलाई सविधान निर्माणको प्रकृयामा ल्याउने तयारीमा रहेकोको सर्थकता दिदैछ । हिजो तीन दलका अध्यक्षले गच्छदारलाई फोन गरेपछि उनले चार शर्त अघि सारेका थिए । ती चार शर्तको बारेमा तीन दलको बैठक बसेर बताउने भनेका थिए र आज तीन दलको बैठकमा बोलाएको छ ।
अध्यक्ष गच्छदार बैठकममा गएपछि एमाओवादीका नेता डा.बाबुराम भट्टराई सञ्चो छैन भनि बैठकबाट बाहिरिएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..