» » राजेन्द्र महतोले गठन गरे छुट्टै मोर्चा (विज्ञप्ति सहित)


काठमाडौ असोज २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मार्चाका तीन नेता उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्र राय यादव काठमाडौमा भएको मौका छोपी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छुट्टै बृहत मधेशी मोर्चा गठन गर्ने तयारीमा लागेका छन् ।

उपेन्द्र, महन्थ र महेन्द्र काठमाडौ गएर सरकारसँग वार्ता गर्यो भन्दै विरोध गर्दै आएका अध्यक्ष महतो मातृका यादव र जयप्रकाश गुप्तासँग मिलेर छुट्टै मोर्चाको तयारीमा जुटेको छ । वीरगञ्जको मकालु होटलमा दुई दिनसम्म बसेको तीन नेताको बैठकले बृहत मोर्चा गठन गर्ने सहमति गर्दै सो मोर्चामा अरु दलहरु पनि सहभागि गराउने निर्णय पनि गरेको छ ।
 आज तीन नेताको संयुक्त हस्ताक्षरबाट विज्ञप्ति पनि जारी भएको छ । भदौ एक गते मधेश गएका महतो हालसम्म काठमाडौ आएका छैन तर मधेशी मोर्चाक तीन नेता मधेश छाडेर पटक पटक काठमाडौ आएका छन् । र, त्यसमा अध्यक्ष महतोले चित्त दुखाएर विरोध गर्दै आएका छन् । तीन जना काठमाडौ आयो कि अध्यक्ष महतोले वार्ता गर्न गयो भन्दै सञ्चारमाध्यममार्फत आफ्नो कुरा राख्दै आएका छन् । उनले वार्ता अब काठमाडौमा होइन मधेशमै हुनुपर्ने अडान अघि सार्दै आएका छन् । भारतीय विदेश मन्त्रालयका सचिव जयशंकर बोलाउँदै पनि उनी काठमाडौ आएन आफ्नो ठाउँमा पार्टीका सह अध्यक्ष लक्ष्मण कर्णले पठाएका थिए ।

यद्यपी यी तीन दलले आज जारी गरेको विज्ञप्तिमा मधेशी मोर्चाको तर्फबाट भनेर अध्यक्ष महतोले हस्ताक्षर गरेको छ । कालो झण्डा गाड्ने, सविधान जलाउने लगायतका कार्यक्रम संयुक्त रुपमा गर्ने पनि सहमति भएको हो ।

यात्रा डेलीका अनुसार नेकपा माओबादीका मातृका यादव, तराई मधेश जागरण अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ता र महतोबिच शुक्रबार करिब चार घण्टा गोप्य बैठक चलेको थियो ।

‘मधेशउपर राज्यको ब्यवहारको हामीले बिवेचना ग¥यौं, मधेश आन्दोलन कसरी अगाडी बढाइने भन्ने सन्दर्भमा गहन छलफल केन्द्रित भयो,’ बैठकपछि गुप्ताले भने, ‘आन्दोलनलाई नयाँ किसिमले अगाडी बढाउनु पर्ने कुरामा भने एउटै मत रह्यो । मधेशी मोचाभित्र सबैलाई एकै ठाउँमा समेट्नु पर्ने कुरामा समेत छलफल भएको उनले बताए ।

 शनिबार हुने अर्को बैठकसंगै अगामी रणनीति तय भइसकिने उनले बताए ।
 बैठकपछि माअ‍ेबादी नेता मात्रिका यादवले सहकार्यका लागि शर्तहरुमा छलफल भएको बताए । ‘समग्र मधेश एक प्रदेश, पुर्ण रुपमा समानुपातिक समावेसी ब्यवस्था, स्वराज्य आत्मनिर्णयको अधिकार र शिक्षा तथा स्वास्थ्यको अधिकारको कुरालाई मुद्दा बनाए सहकार्य हुने कुरा मैले राखेको हो,’ नेता यादवले भने, ‘शनिबारको अर्को बैठकपछि धेरै कुरा प्रष्टिन्छ ।’
नयाँ मोर्चामा संबिधानसभा बहिस्कार गरेका एकिकृत माओबादीबाट आएका नेता प्रभु साह र रामकुमार शर्मालाई समेल गरिने पनि छलफल बढेको बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..