» » राप्रपा नेपाल पनि प्रक्रियावाट बाहिरिनेवारे जानकारी

काठमाडौँ, २३ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णय जानकारी गराउनुभएको छ ।
नयाँ वानेश्वरस्थित संविधानसभा भवनमा अध्यक्ष नेम्वाङलाई भेटेर उहाँले पार्टीले उठाएको जनमत सङ्ग्रहलगायतका एजेन्डामा कुनै सुनुवाइ नभएको जारी पृष्ठभूमिमा पार्टी हाललाई अलग रहने निर्णय गरेको व्यहोरा लिखित रुपमै जानकारी गराउनुभएको हो ।
उक्त पत्रमा संविधान निर्माणको वर्तमान चरणमा आइपुग्दा देशका विभिन्न भागमा जनता आन्दोलित रहेको र कतिपय राजनीतिक प्रक्रियाबाट बाहिरिँदै गएको जनाउँदै राप्रपा नेपाललाई निरन्तर निषेध गर्ने गरिएको उल्लेख गरिएको छ । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..