» » वीरगंजमा ट्रकमा आगजानी, शालिक तोडफोड


वीरगञ्ज, भदौ १६ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहडतालको आज १७ औ दिन पनि जारी रहेकोले जनजीवन कष्कर बन्दै गएको भए तापनि बन्दका क्रममा आज प्रदर्शकारीहरुले वीरगञ्जको गण्डकमा ट्रकमा आगजनी गरेका छन् ।
मंगलवार भएको वीरगंजम प्रहरी आन्दोलनकारी वीचको झडपमा पाँच जनाको र्मतयु भए पश्चात कर्फयु ठुलो मात्रामा सेना परिचालन गरेको छ ।  तरकारी बोकेर गइरहेको ना ४ ख ४९८४ नम्बरको ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रकमा क्षति पुगेको छ । स्थानीय प्रशासनले वीरगञ्जलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेपछि ग्रामीण क्षेत्रमा प्रदर्शन गरेका छन् । प्रर्शनकारीले पदमरोडको तिलावेपुल नजिकै रहेको नेपाली काङ्ग्रेसका स्वर्गीय नेता आत्मराम ओझाको शालिक तोडफोड गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..