» » संविधानसभा व्यवस्थापिका संसद्यमा रुपान्तरित

काठमाडौं,आश्विन ४ गते । नयाँ संविधान २०७२ राष्ट्रपतिले जारी गरेसँगै संविधानसभा व्यवस्थापिका–संसद्मा रूपान्तरित भएको छ ।
सभामुख सुवासचन्द्र नेम्वाङले आइतबार संवैधानिक प्रावधानअनुसार संविधानसभाको बैठक समाप्त भएको र अब यो सभा स्वतः व्यवस्थापिका–संसद्मा रूपान्तरित भएको घोषणा गरेका थिए । नयाँ संविधानको पहिलो कार्यान्वयन संविधानसभाले सुरु गरेको छ ।

संविधानको भाग ३५ को संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २ सय ९६ मा ‘यो संविधान कार्यान्वयन हुँदाका बखत कायम रहेको संविधानसभा यो संविधान प्रारम्भ भएपछि व्यवस्थापिका–संसद्मा स्वतः रूपान्तरण हुनेछ र त्यस्तो व्यवस्थापिका–संसद्को कार्यकाल ०७४ माघ ७ गतेसम्म कायम रहने व्यवस्था छ’ उल्लेख छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..