» » जनकपुरमा अनिश्चितकालिन निषेधज्ञा जारी


जनकपुरधाम, २४ भदौ । धनुषाको सुरक्षा समिति बैठकले शुक्रबार बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्थालाई दृष्टिगत गर्दै शुक्रबार किहान ६ बजेदेखि जनकपुर नगर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो ।

पूर्वमा कपिलेश्वरदेखि पुलचोक, पश्चिममा बेलापुलदेखि पिंडारी चोकसम्म, दक्षिणमा जिल्ला शिक्षा कार्यालय क्षेत्र र उत्तरमा बाबा पेट्रोल पम्पदेखि धनुषाधाम जाने बाटासम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..