» » एमाओवादी सहितको मोर्चा आन्दोलनमा ४ जना पक्राउ

रौतहट, भाद्र १७ गते ।  मधेशी राष्टिय मुक्ति मोर्चा नेपालले रौतहटमा लगाएको दंगाग्रस्त क्षेत्र तोडदै आज प्रर्दशन गरे पछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । रौतहतको सदरमुकाम गौरमा एकिकृत माओवादी रौतहट र मधेशी राष्टिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीले विहिवार बस पार्क नजिक निषेधाज्ञा तोडेर नारा जुलुश गर्दा अवस्था तनावपूर्ण बनेको थियो ।  

हजारौको संख्यामा आएको एकिकृत माओवादी रौतहट र मधेशी राष्टिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीका कार्यकर्ताहरुले नारा जुलुस गर्दै गौरमा प्रवेश गर्न खोज्दा सदरमुकाम गौरको नया बस पार्क नजिक प्रहरीहरुले रोके पछि प्रदर्शनकारी र प्रहरी बीच तनावपूर्ण परिस्थिति बनेको थियो ।

गौर चपुर सडक खण्डमा स्थानीय प्रशासनले दंगाग्रस्त निषेधित क्षेत्र घोषणा गरे पनि माओवादी र मधेशी राष्टिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीका कार्यकर्ताहरुले मधेशीको हक अधिकारको लागि  पूर्व कार्यक्रमका अनुसार निषेधाज्ञाको तोडदै प्रदर्शन गरेको थियो ।

रौतहट गौर नगरपालिकामा विभिन्न नारा जुलुस क साथै आन्दोलनकारीले प्रदर्शनको क्रममा प्रहरीले चार जना नेता कार्यकर्ता प्रदर्शनकरीे पक्राउ गरेर जिल्ला प्रहरी कार्यलयमा लागेको छ । 
एमाओवादीका केन्द्रिय सदस्य ए उपेन्द्र साहको नेतृत्वमा निस्केको जुलुसले नगर क्षेत्र भित्र लगाईएको निषेधित क्षेत्र तोडदै नाराबाजा गरेका छन् । 
मधेसीको माग पुरा गर, दंगाक्षेत्र खारेज गर, मृतकलाई शहिद घोषणा गर लगायतका नाराहरु लगाउदैं निषेधित क्षेत्र तोडेका थिए । सुरक्षाकर्मीहरुले जुलुसलाई रोक्न खोजे पछि केही बेर सम्म तनाव समेत उत्पन्न भएको थियो । निषेधित क्षेत्र नतोडन आग्रह गरिए पनि मोर्चाका कार्यकर्ताले नमाने पछि उपेन्द्र साह, राजेश कुमार , जय प्रकाश कौशल , सनिल कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..