» » ‘राज्यले बनायो मधेशलाई जेल’

काठमाडौ असोज ७ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले मधेसलाई कारागार बनाएको आरोप लगाउनु भएको छ । उहाँले
 मधेशी जनता अहिले जेलमा रहेका कैदी जस्तो महसुस गरिरहेका छन, न उनीहरु घरमा सुरक्षित छन् नसडकमा भन्दै सडमा भयो भने पनि गोली बर्साउछन् घरमा भए भने घरमा गएर गोली हान्छन् अब मधेशी जनता जाने कहाँ भनि प्रश्न गर्नुभयो ।

प्रहरीको दमनले मधेशी जनता त्रसित छन्, कुन बेला मारिएला जस्तो अवस्था भएको छ, उहाँले भन्नुभयो, प्रहरीको दमनले गर्दा मधेशी जनता वारपारको लडाईमा निस्कि सकेका छन् ।
जोगवनी नाकामा आज भएको कोणसभामा बोल्दै उहाँले मधेशी जनताले आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेको बेला राज्यको तर्फबाट भारतसँग जोडेर विभिन्न आरोपहरु लागि रहेको प्रति काडा टिप्पणी गर्नुभयो ।

उहाँले मधेसी भारतीय होइन एक स्वभिमानी नेपाली नागरिक रहेको उल्लेख गर्दै यहाँ मधेसीलाई बिहारी र भारतीय भनेर व्यवहार गरेको आरोप पनि लगाउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..