» » कम्प्युटर शिक्षक कोटामा आफ्नै आफन्तको सिफारिस

काठमाडौ, असोज १२ गते । कम्प्युटर शिक्षकको कोटामा शिक्षामन्त्री चित्रलेखा यादव र शिक्षासचिव विश्वप्रकाश पण्डितले आफन्त र कार्यकर्ताको नाम सिफारिस गरेका छन् । कम्प्युटर प्राविधिक शिक्षकको कोटामा प्रशासनिक कर्मचारीको नाम सिफारिस भएको मन्त्रालय स्रोतले जनाएको छ ।

यससँगै कोरियामा सञ्चालन हुने कम्प्युटर प्रशिक्षक प्रशिक्षणमा जिल्ला शिक्षा अधिकारी र शिक्षक नेताहरु जाने भएका हुन् । कोरिया सरकारले उपलब्ध गराएको १८ कोटामा मन्त्रालयका १ कम्प्युटर अधिकृत मात्र वास्तविक प्राविधिक परेका छन् । छनोट गरिएका नाम शिक्षा मन्त्रीका स्वकीय सचिव र शिक्षा सचिवको भाइ पनि परेको मन्त्रालय स्रोतले जनाएको छ, आजको कारोबार दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..