» » गौशाला वैँकको तीनलाख लुट्यो

गौशाला, भदौ २७ गते । महोत्तरीको बर्दिबास स्थित रहेको स्वावलम्बन लघु वित्त सहकारी बैंकवाट आइतवार दिउँसो तीन लाख लुटिएको छ ।
पाटु गाउँबाट बैंकको समूहबाट रकम सङ्कलन गरी मोटरसाइकलमा फर्किरहेका बैंकका कर्मचारी नवीन न्यौपानेबाट लुटेराको समूहले रकम लुटेको बैंकले जनाएको छ । चार—पाँचजनाको सङ्ख्यामा रहेका लुटेराको समूहले बर्दिबास–४ स्थित स्मृति चौकमा न्यौपानेलाई कुटपिट गरी रकम लुटेर जङ्गलतर्फ फरार भएका थिए ।
घटना घट्ने बित्तिकै इलाका प्रहरी कार्यालय बर्दिबासले कर्मचारी न्यौपानेलाई नियन्त्रणमा लिई छानबिन सुरु गरेको प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..