» » सप्तरीमा १ र महोत्तरीमा ३ गरी चार आन्दोलनकारीको मृत्यु

महोत्तरी, भदौ २३ गते । प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर तीन महोत्तरीमा तीनजनाको मृत्यू भएको छ । महोत्तरीको जलेश्वरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले लाठी जुलुस प्रर्दशन गरेका थिए । शान्तिपूर्ण सो प्रर्दशनमा प्रहरीको हस्तक्षेप भएको छ । प्रहरीको हस्तक्षेपपछि झडप शुरु भएको थियो ।
झडपमा प्रहरीले ५० राउण्डभन्दा बढी आश्रु ग्यासका गोली चलाएका हुन् । महोत्तरीको आन्दोलन कार्यक्रममा भाग लिन महोत्तरी पुगेका तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलका अनुसार प्रहरीले यहाँ आन्दोलनकारीलाई मकै जस्तो भूटी रहेका छन् । गोली भिड देख्नै वित्तिकै सुरक्षाकर्मीले गोली चलाउन थाले, प्रदर्शनकारी तितिर बितिर भएपनि लखेटी लखेटी गोली हानेका छन् ।
प्रहरीको गोलीबाट थुप्र्रै प्रर्दशनकारी घाइते भएका थिए त्यसमध्ये तीनजनाको उपचारकै क्रममा मृत्यु भएको छ । सो झडपमा सञ्चारकर्मी पनि घाइते भएको छ ।
त्यसैगरि आज पूर्व–पश्चिम राजमार्गमा यातायात सुचारु गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर सप्तरीमा आज फेरी एकजनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा सप्तरीको पोर्ताहा गाविस वडा नम्वर–१ निवासी ६० वर्षिय रामकिसुन राउतको मृत्यू भएको हो । अवरुद्ध यातायात सुचारु गराउने क्रममा आन्दोलनकारीहरुले अवरोध पुर्याएपछि प्रहरीले चलाएको गोली लागेर राउतको तत्कालै घटनास्थलमा मृत्यू भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जानकारी दिए ।
उनका अनुसार उक्त घटनामा एकजनाको मात्र मृत्यू भएको तथा केही आन्दोलनकारी घाइते भएका छन् । मृत्यू भएका राउत कोशी योजना अन्तर्गत सम्पर्क कार्यालय बिराटनगरमा सवारीचालक पदमा कार्यरत रहेका थिए ।

यसैगरी प्रहरीको गोलीबाट पोर्ताहा–५ का विजय खिडहरी, अनिल ठाकुर सहितका व्यक्ति  गम्भीर घाइते भएका छन् । यातायात सुचारु गराउने क्रममा प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनकारीहरु ढुङ्गामुढा गरेका थिए । सयौंको संख्यामा रहेका आन्दोलनकारीहरु यातायात चल्न नदिनका लागि सडकमै प्रदर्शन जारी राखेपछि अवस्था तनावग्रस्त बन्दै गएकोले प्रहरीले करिब तीस राउण्ड अश्रँृग्याँस तथा १५–२० राउण्ड गोली फायर गरेका थिए ।
आन्दोलनमा एक जनाको मृत्यू तथा केही घाइते भएपछि भारदहको अवस्था तनावग्रस्त बन्न पुगेको छ । स्थितिलाई नियन्त्रणमा लिन केही क्षेत्रमा कफर््यू आदेश जारी गरिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । यस अघि सप्तरीको भारदहमै गत भदौ १ गते राजिव भनिने राजेन्द्रकुमार राउतको समेत प्रहरीको गोली लागेर मृत्यू भएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..