» » सिरहा पनि झडप, प्रहरीको गोली लागेर पाँचजना घाइते

वीरगञ्जको सांकेतिक फाइल फोटो
सिरहा, भदौ २३ गते । स्कर्टि गरेर गाडी चलाएको भन्दै रुख काटेर सडक अवरुद्ध गर्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तासँग सिरहाको लहानमा आज साँझ भएको झडपमा प्रहरीको गोली लागी सात जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानको जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिक रहेको रुख काटेर सडक अवरुद्ध गर्न खोजेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो ।

आन्दोलनकारी र  प्रहरीबीच झडप भएपछि प्रहरीले  चार राउण्ड हवाई फायरसहित केही सेल अश्रु ग्यास प्रहार गरिएको छ । आन्दोलनकारीको भीड नियन्त्रणमा लिन प्रहरीले चलाएको रबरको गोली लागेर पाँच जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइतेको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचार भइरहको छ । प्रहरीले हानेको रबरको गोली लागेर तरकारी बजारमा दुई जना घाइते भएको बताइएको छ ।

लहानको पश्चिम चोकमा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानबाट खटिएका प्रहरीलाई मोर्चाका कार्यकर्ताले सडकबाट निस्कन दिएका छैनन् भने लहानको पूर्वी क्षेत्रमा पर्ने अस्पताल चोक र पश्चिम क्षेत्रको पडरियाबाट लहान आउनेलाई आवतजावत गर्न आन्दोलनकारीले रोक लगाएका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..