» » असोज ३ गते देशैभरि संविधान जलाई त्यो दिनलाई कालो दिवस रुपमा मनाउन महतो द्धारा अपिल

काठमाडौँ, भदौ ३१ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले असोज तीन गते मधेसी जनताको अधिकारलाई कुण्ठित गरी ल्याउन लागिएको संविधानलाईे सबै जिल्लामा संविधान जलाउने घोषणा गरेका छन् । उनले मोर्चाका कार्यकर्ता तथा सर्वसाधारणलाई संविधान जलाउन अपीलसमेत गरेका छन् ।
संविधानलाई असोज ३ गते देशभरी जलाइने र त्यो दिनलाई कालो दिवसका रुपमा मनाउने बताएका छन् । बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी महतोले तीन गते जारी हुने संविधानमा मधेशी–थारुको माग सम्बोधन नभएको भन्दै जलाउन अपील गरेका हुन् । महतोले आन्दोलन जारी रहेको बताउँदै तीन गते साँझ ब्ल्याक आट गर्न आग्रहसमेत गरे ।
पत्रकार सम्मेलनमा महतोले गाउँ–गाउँमा रहेको सरकारी कार्यालय बन्द गराउन मोर्चाका कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए । जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालय घेराउको कार्यक्रमसमेत रहेको जनाए ।
महतोले संविधान सभामा सहभागी नहुने सम्पूर्ण पक्षहरु मिलेर बृहत्त मोर्चा बनाउन आह्वान गरेका छन् । उनले आन्दोलनरत सम्पूर्ण पक्षलाई सहकार्यमा आउन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहकार्य गर्न तयार रहेको बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..