» » उपत्यका भरि आज इन्द्रजात्रा मनाइदैँ

काठमाडौं,असोज १० गते । आज उपत्यका भरि वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आईतवार परम्परागत इन्द्रजात्रा पर्व मनाईंदैछ । काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेल लगायतका ठाउँमा विशेष उत्साहका साथ यो पर्व मनाइन्छ ।

परम्परागत रुपमा विशेष महत्व बोकेको ईन्द्रजात्राको रथ आज राजधानीको बसन्तपुरवाट तानिने भएको छ । यस अवसरमा जिवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गराईन्छ ।वसन्तपुरस्थित हनुमानढोका दरबारमा भक्तपुरको चित्तपोलबाट ल्याईएको लिङ्गो सोमबार ठड्याइएपछि जात्रा सुरु भएको हो ।
ईन्द्र जात्रा काठमाडौ उपत्यकाको निकै पुरानो सांस्कृतिक पर्व हो । इष्टदेवी कुमारीको बज्रयानी तान्त्रिक विधिबाट पूजा गरी श्री भैरव र श्री गणेशसँगै बसन्तपुरस्थित कुमारीघरबाट रथयात्रा निकालिन्छ । आज कुमारीको रथ कुमारी घरबाट शुरु भई मरु, जैसीदेवल, लगन, ब्रम्हटोल, कोहिटी, भिमसेनस्थान हुँदै पुनः कुमारी घरमा पुगी टुँगिन्छ ।
आजै प्रसिद्ध लाखे नाच, पुलुकिसी, हलचोक भैरव, अष्टमातृका लगायतका विभिन्न बौद्ध र हिन्दुतान्त्रिक नाचहरु समेत प्रदर्शन गरिन्छ । ईन्द्रजात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..