» » एमाओवादीका मधेशीले दिपावली नमनाउने घोषणा

काठमाडौं, आश्विन २ गते । एमाओवादी पार्टी भित्र रहेका मधेशी नेताहरुले पार्टीले जारी गरेको निर्देशन बमोजिम संविधान जारी गरेको अवसरमा दिपावली नमनाउने घोषणा गरेका छन् । एमाओवादीमा रहेकोका १४ जना केन्द्रिय नेताहरुले पार्टीले जारीको निर्देशन नमान्ने भन्दै विद्रोह गरेका छन् ।
यसरी विद्रोह गरी निर्णय नमान्नेहरुमा नेताहरुमा पोलिटब्यूरो सदस्यहरु रामचन्द्र झा , विश्वनाथ शाह, प्रभु साह, महेन्द्र पासवान, केन्द्रीय सदस्यहरु रामरिझन यादव, रामकुमार शर्मा, हकिकुल्ला खाँ , भरत साह, घनश्याम यादव, रामचन्द्र मण्डल, उपेन्द्र प्र. साह, चिनक कुर्मी, केन्द्रीय सल्लाहकारहरु कलामुदीन राइन र रमेशरञ्जन झा रहेका छन् ।
उनीहरुले, तराई मधेश थरुहट जलि रहेको बेलामा सबैलाई नसमेटि ल्याइएको संविधानले जनताको हितमा नभएले संविधान जारी भएको अवसरमा सरकार र पाटीृले दिएको निर्देशन आफुहरुलाई स्वीकार्य नरहेको समेत स्रोतले बताएका छन् ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..