» » रौतहटमा मधेश विरोधी सभासदको पुतला दहन


रौतहट, भदौ ३० गते । संयुक्त लोकतान्तिक मधेशी मोर्चा र संघर्ष समितिका कार्यकर्ताहरुको संयुक्त सहभागितामा शिवनगरले बुधवार साँझ ३ जना सभासदको पुतला दहन गरेका छन । पुतला दहन गर्ने पहिलो सभासद रौतहट क्षेत्र नं ५ का निर्वा्चित काग्रेसका सभासद जितेन्द्र यादव, रौतहट क्षेत्र नं २ का मधेशी जनअधिकारी फोरम लोकतान्त्रिकको सभासद मो मुस्ताक आलम. क्षेत्र नं ३ माओवादीका समानुपातिक अशोक जयसवाल लगाएतका पुतला शिवनगर चौकमा दहन गरेको छ ।

सभासदहरुको पुतला लिएर शिवनगरपुरै बजारमा प्रदर्शनकारीहरुले मोटर साईकलमा सभासदहरुका पुतला राखेर घुमाएर बजारको मुख्य चौकमा राखेर दहन गरेका थिए । प्रदर्शनकारीहरुले कालो झण्डामा के.पी ओलि र बामदेव गौतम नाम लिखेर पुतलाको साथमा जलाएका थिए । मधेशी भएर मधेशीको सहयोग नर्गे मधेश विरोधी सभासद रहेका छन । पहिला हामी मधेशी जनताहरुको हकअधिकार मागिरहेको थियो । तर अब अधिकार हईन छुटै मधेश स्वायत देश चाहियो सदभावनाका नेता राजकुमार दासले भने ।
संघर्ष समिति शिवनगरका अध्यक्ष लडाई राय यादवको नेतृत्वमा सभासदहरुको पुतला दहन सम्पन्न भएको थियो । पुतला दहनमा उपस्थित सदभावनाका नेता राजकुमार दास.संघर्ष समिति गरुडाका सदस्य शेख मन्जर आलम.कौशर खान मिथिला लगाएत दर्जनौ कार्यकर्ताहरुको सहभागिता रहेका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..