» » सरकारको विरुद्ध मधेशी मोर्चा अन्तराष्ट्रिय अदालत जाने


काठमाडौ असोज ६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा राज्यको विरुद्धमा अन्तरराष्ट्रिय अदालतमा जाने भएका छन् । आज सप्तरीमा सम्पन्न मोर्चाको बैठकले सरकारले निहत्था जनतालाई टाउको र छातीमा गोली हानी हत्या गरी मानव अधिकारको हनन गर्नुका साथै मानवताविरोधी अपराध तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने अपराध गरेको हुँदा सो सम्बन्धमा सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा समेत मुद्दा दायर गर्ने निर्णय गरेको मोर्चाले जनाएको छ ।

त्यस्तै भारतसँग जोडिएको नेपालको नाका ठप्प गर्ने निर्णय समेत भएको छ । शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई निरन्तरता दिने क्रममा गाउँ, नगर र जिल्लास्थित सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु, भन्सार नाका आदी बन्द गराउनुको साथै राजमार्ग केन्द्रीत आन्दोलनलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय भएको गरेको छ । नाकाबन्दीलाई प्रभावकारी बनाउनका लागि भारत सीमालाई छोएको हुलाकी सडकमा मानव श्रंखला निर्माण गरी हातेमालो कार्यक्रम गर्ने निर्णय समेत भएको मोर्चाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरि मोर्चा र थरुहट÷थारुवान संघर्ष समिति एवम् मुस्लिम संघर्ष समिति लगायतसँग भईरहेको सहकार्यलाई अगाडि बढाउँदै यसका अतिरिक्त मोर्चासँग समान मुद्दा भएका दल, संगठन र संघसंस्थासँग सहकार्यको बारेमा कुरा गर्न मोर्चाका सचिवालयलाई जिम्मेवारी दिएको छ ।

सचिवालयका सदस्यमा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र प्रसाद श्रेष्ठ, तराई मधेश लोकतान्त्रिक पार्टीका गोविन्द चौधरी, सद्भावना पार्टीका मनिष कुमार सुमन र तराई मधेश सद्भावना पार्टीका राम नरेश राय यादव छन् ।


असोज ५ गते सुनसरीको इनरुवामा चीनको झण्डा जलाइएको बारेमा मधेशी मोर्चा आपत्ति प्रकट गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ, केही व्यक्तिहरुले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय झण्डा जलाउने कार्य गरेको हुँदा सो कार्यको मोर्चा घोर भत्र्सना एवम् निन्दा गर्दछ ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..