» » नेपालको अस्थिरता पश्चात भारतले चैनको सास फेर्न सक्दैन

कैलाली, भाद्र २६ गते । युवा संघ नेपाल केन्द्रिय सचिव किरण पौडेलले भारतका केही ब्यक्तीहरुले दिने अभिब्यक्तीलाई त्यो देशको आधिकारिक धारणा मान्न नहुने बताएका छन् ।

'राष्ट्रिय एकता ,शान्ति, संविधान र सामाजिक सद्भाव का लागि युवा अभियान अन्तर्गत आज कैलालीमा आयोजित ब्रिहत युवा भेलामा उन्ले यस्तो धारणा राखेका हुन।

संविधान निर्माण, मधेश आन्दोलन लगायतका बिषयमा भारतको  भूमिकाका बिषयमा उठेका जिज्ञासा केन्द्रित हुँदै उन्ले थपे कुन भारतीय ले के भन्छ त्यो महत्वो पूर्ण कुरा हैन तर प्रभावशाली तथा दुरदर्शी प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल लाई राम्रो सँग बुझ्नु भएको छ भन्ने हामीलाई लगेको छ ।

जब सम्म नेपाल मा अस्थिरता र अन्यौलता कायम रहन्छ तब सम्म भारत ले पनि चै न् को सास फेर्न सक्दैन । विश्व अर्थतन्त्रको उदाउदो ताराको रुपमा अघी बढीरहेको भारतमा अझै पनि गरीबि ,बेरोजगारी ,पछौटेपन लगायत का बिकराल समस्या प्रमुख थ्रेट को रुपमा देखा पारीरहेका छन ।

यो चुनौती का माझ मा नेपाल मा हुने कुनै पनि किसिमका अस्थिरता भारत का लागि पनि हानिकारक हुने उन्ले बताए।बरु उत्तर पट्टिको छिमेकी राष्ट्र  चिन् उस्को तिब्र बिकास , उच्चतम प्रतिरक्षा प्रणाली र प्रबिधी का कारण त्यस्लाई त्यती असार नपर्ला तर यदी नेपालको अस्थिरता को बहाना मा बिभिन्न अन्तरराष्ट्रिय चल्खेलको थलो यहाँ बन्न थाले भने त्यस्को मुख्य असर भारत लाई पर्न जाने सम्भावना का बिषयमा मोदी जि जस्तो दुर्दर्शी नेता स्पस्ट हुनुहुन्छ त्यसैले संबिधान निर्माण र मुलुकको अग्रगमन का बिषयमा भारत को भूमिकाका बिषयमा नकरात्मक टिप्पणी अहिले आवश्यक नरहेको उन्ले बताए।

हाम्रो ३ पु स्ता देखिका अग्रज हरुले गर्दै आयको संघर्श लाई पारीणाम मुखी बनाउन ,समाबेशि र सहभागीता मुलक प्रणाली कायम गर्न ,सबै किसिमका बिभेद हरुको अन्त्य गर्दै न्यायमुलक र समता मुलक समाज को निर्माण गर्न र हामीले पारीकल्पना गरेको सबल सम्ब्रिद्द राष्ट्र निर्माण तर्फको यात्रा तर्फ अघी बढ्नका लागि पनि हामीलाई तत्काल संबिधान चाहिएको छ उनले थपे।

सम्ब्रिधिको हाम्रो चाहना उधोग धन्दाको बिकास बिना सम्भब छैन,स्वदेशी ,बिदेशी लगानी र बहुरास्ट्रिय कम्पनिको आगमन बिना उधोग धन्दा को बिकास सम्भब छैन,लगानी मैत्री बातावरण र राजनीतिक स्थिरता बिना ति लगानी कर्ता को आगमन पनि सम्भब छैन र संबिधान निर्माण बिना राजनीतिक स्थिरता र लगानिमैत्री बातावरण पनि सम्भब छैन त्यसैले हामी र हाम्रा सनतती का लागि ,सम्पूर्ण उत्पीडित, आदिबासि, जनजाती युवा हरुको  उज्ज्वल भबिश्य र सम्पन्नता का लागि पनि तत्काल संबिधान जारी हुनु पर्ने  उन्ले उल्लेख गरे।

कार्यक्रम मा एमाले सेती ईन्चार्ज महेश्वर पाठक , जिल्ला सचिब राणा बहादुर चन्द ,एमाले आदिबासी नेता नेपालु चौधरि लगायत ले जातिय जातिय सद्भाब का लागि बहुपहिचान सहित को संघियता हुनु पर्नेमा जोड दियका थिए।

About Ajay Sharma

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..