» » राजकिशोरको शव उनका परिवारले बुझे

रौतहट, भदौ १५ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी आन्दोलनका क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका राजकिशोर ठाकुरको शव आज उनका परिवारले बुझी लगेका छन् ।

सदरमुकाम गौरस्थित कवीर चोकमा आन्दोलनका क्रममा दङ्गाग्रस्त घोषित क्षेत्रमा प्रहरीको गोली लागी मठिया गाविस– ६ बस्ने २४ वर्षीय ठाकुरको मृत्यु भएको थियो ।

मृतकलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्तिको माग राख्दै मोर्चा र मृतकका परिवारले शव बुझ्न नमानेकामा जिल्ला सुरक्षा समन्वय समितिले सहिद घोषणा तथा अन्य प्रक्रिया पूरा गर्न गृहमन्त्रालयमा पत्राचार गरेपछि शव बुझेर अन्तिम सद्गतका लागि लगेको प्रहरी उपरीक्षक प्रद्युन्न कार्कीले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला सुरक्षा समन्वय समितिको बैठकले मृतक ठाकुरलाई सहिद घोषणाका लागि प्रक्रिया सुरु गरेको छ ।

मृतक ठाकुरलाई सहिद घोषणा, आश्रित परिवारलाई क्षतिपूर्ति तथा परिवारमध्ये एकजनालाई रोजगारीसहित पाँचबुँदे माग मोर्चाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसँग राखेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..