» » वीरगंजलाई दंगाग्रस्त क्षेत्र घोषणा गरि ठुलो मात्रामा सेना परिचालन

वीरगन्ज, भदौ १६ गते । वीरगन्जमा बुधबार बिहानदेखि दंगाग्रस्त घोषित गरि वीरगंज क्षेत्रमा ५ जना भन्दाबढी समूहमा हिडन नपाईने, नारा, जुलुस, बन्द हडताल गर्न नपाईने, प्रहरीले शंकास्पद व्यक्तिलाई हिरासतमा लिन सक्ने र नियम उल्लंघन गर्नेलाई तत्काल सुरक्षाकर्मीले गोली ठोक्न सक्ने सम्मको प्रावधान राखी ठुलो मात्रामा नेपाली सेना ठाँउ ठाँउमा परिचालन गरिएको छ ।
मंगलबार प्रहरीको गोली लागेर पाँचजनाको ज्यान गएपछि त्यहाको अवसथा एकदमै तनावपुर्ण बनेपछि हतियारसहितका सेनाले नगरका विभिन्न स्थानमा बिहानैदेखि गस्ती गरिरहेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने सेना परिचालनबारे आफुलाई थाहा नभएको बताए । ‘सेना परिचालनको औपचारिक निर्णय भएको छैन, शायद गाडी स्कर्टिङका लागि सेनाले गस्ती गरेको होला’, घिमिरेले बुधबार बिहान उनले भने । प्रहरी र सेनाको सहयोगमा स्थानीय प्रशासनले बुधबार बिहान वीरगन्ज नाकाबाट झण्डै दुई सय मालबाहक सवारी साधन विभिन्न गन्तब्यमा पठाएको छ । सडकमा हतियारसहित निस्किएका सेनाले गस्ती र मार्च पास गर्न थालेपछि नगरवासी झन त्रसित बनेका छन् । वीरगन्जमा सोेमबारदेखि अनिश्चितकालीन कफर्यू जारी छ । मंगलबार दिउँसोदेखि वीरगन्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
वीरगन्जमा सोमबार र मंगलबार भएको झडपका क्रममा प्रहरीको गोली लागेर पाँचजना प्रदर्शनकारी र सर्वसाधरणको मृत्यु भइसकेको छ । गोली लागेर २५ जना भन्दा बढि घाइते भएका छन् । गम्भीर घाइते तीनजनाको काठमाडौंमा उपचार भइरहेको छ ।


वीरगन्ज १६ भदौ वीरगन्जको रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो । दंगाग्रस्त क्षेत्र घोषणा पछि स्थानिय प्रशासनले सो क्षेत्रमा नेपाली सेनाको सहयोग समेत लिन सक्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । यता विहान वीरगन्जको मेन रोड तथा बाईपासमा मार्चपास सेना गरेका छन भने दुई सय गाडी विहान वीरगन्जवाट काठमाण्ढौ लगिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..