» » महोत्तरीमा सातजनाको मृत्यु अवस्था तनावग्रस्त

महोत्तरी, भदौ २५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मीको गोली लागि एक महिला सहित दुईको मृत्यु भएको छ भने आधा दर्जन भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा जिल्लाको हात्तिलेटकी राप्रपाकी नेतृ रामशिला देवी मण्डल तथा जलेश्वर नगरपालिका वडानं. ७ का रेडक्रसकर्मी गणेश चौधरी रहेका छन् । मण्डलको टाउकोमा तथा चौधरीको आँखामा गोली लागेको छ । राप्रपा नेपालका स्थानीय नेतृ रहेकी मण्डल जलेश्वरमै डेरा लिएर बस्दै आएकी थिइन ।
प्रहरीको गोली लागेर मृत्यु भएको चौधरी रेडक्रस उपशाखा बजराहीको सभापति तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीका पूर्व उपसभापति थिए । चौधरी वुधबार सुरक्षाकर्मीकै गोली लागी मृत्यु भएका रोहन चौधरीका आफ्नै हजुरवुवा हुन् । कफ्र्युको क्रममा शंकर चोकमा प्रर्दशन गरिरहेको बेला सुरक्षाकर्मीले चलाएको गोली लागि नेतृ मण्डलकोे मृत्यु भएको थियो भने चौधरीको जलेश्वर ८ बजराही र रतवारा जानेबाटोमा प्रहरीको गोलीले मृत्यु भएको थियो ।
सुरक्षाकर्मीकै गोली लागि जलेश्वर वडानं. २ बस्ने शैलदेवी चौधरी, बजराहीका नागेन्द्र साह, महेश्वर ठाकुर, धवौलीका अजित मिश्र, रमौलका श्यामसुन्दर सिंहलगायतका गम्भीर घाइते भएका छन् । अजित र शैल देवीको खुट्टामा, नागेन्द्र र महेश्वरको हातमा गोली लागेको छ ।
 प्रर्दशनकारीहरुले सुरक्षाकर्मीले गोली चलाएर महिलालाई मारेको भन्दै बखरी जाने बाटोमा रहेको एक सःमिलमा आगजनी गरेका छन् । आगजनीका कारण सःमिल जलेर नष्ट भएको छ ।
विगत एकमहिनादेखि जारी महोत्तरीमा आन्दोलनको कारण अहिलेसम्म एक सशस्त्र प्रहरीसहित ७ जनाको ज्यान गएको छ । भदौं २३ वुधबार मात्रै महोत्तरीमा सुरक्षाकर्मीको गोली लागि ३ जनाको मृत्यु भएको थियो भने सोही दिन सिकिस्त रहेका एकजनाको पनि मृत्यु शुक्रबार उपचारको क्रममा भएको छ ।
वुधबार मृत्यु भएकाहरुमा जलेश्वरनगरपालिका वडानं. ७ बजराही बस्ने रोहन चौधरी, जलेश्वर नपा १४ बखरी बस्ने अमित कापर र महोत्तरी गाविस वडानं. ५ बस्ने रामविवेक यादव रहेको थियो । त्यसैगरी सोही दिन गोली लागि सिकिस्त भएका महोत्तरी पिगौनाका विरेन्द्र विच्छाको उपचारको क्रममा काठमाण्डौंको नर्भिक अस्पतालमा शुक्रबार मृत्यु भएको छ ।
शुक्रबार मात्रै सशस्त्र प्रहरीका असई थमनबहादुर बिकलाई आन्दोलनकारीहरुको आक्रमणबाट मृत्यू भएको छ

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..