» » सप्तरीमा गएराति यात्रुवाहक वसमा आगजानी


सप्तरी, भदौ १८ गते । प्रदर्शनकारीहरुले गएराति सप्तरीको भारदहमा एक यात्रुबाहक बसमा ईलाका प्रहरी कर्यालय अगाडी आगजनी गरेका छन् ।
प्रहरी स्कर्टिङमा रहेको ना४ख ४२६६ नम्बरको यात्रुबाहक बस आगजनीबाट पूर्णरुपले नष्ट भएको छ । प्रहरी स्कर्टिङमा रहेको उक्त बस बिग्रेपछि ईलाका प्रहरी कार्यालय अगाडी राखिएको थियो ।
प्रदर्शनकारीहरुले रोकी राखेको उक्त बसमा पेट्रोल छर्केर आगजनी गरेका हुन् । बस इलाका प्रहरी कार्यालयदेखि १० मिटरको दुरीमा मात्र थियो । आन्दोलनकारीका अगुवाहरुले बसमा आफूहरुले आगजनी नगरेको दाबी गरेका छन् ।
यसैबीच, मधेसी मोर्चाको आब्हानमा आज शुक्रवार २१ औ दिनदेखि बन्द निरन्तर रहँदा यहाँको जनजीवन अस्तब्यस्त भएको छ । बजार पसल, शैक्षिक संस्थान, कलकारखाना तथा सवारीसाधन समेत ठप्प रहँदा जनजीवन अस्तब्यस्त बनेको हो ।
जिल्ला सदरमुकाम राजबिराज, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर लागयतका बजारहरुमा बिहानैबाट प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरुले मोटरसाइकल चल्न समेत अवरोध गर्न थालेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..