» » काँग्रेस कार्यालयमा तोडफोड


महोत्तरी, भदौ १५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुरु गरेको आन्दोलनमा सहभागि प्रदर्शनकारीले आज नेपाली काँग्रेस महोत्तरीको जिल्ला पार्टी कार्यालयमा तोडफोडको साथै आगजनी गरेका छन् ।

बिहानैदेखि आन्दोलनमा रहेका मोर्चाका कार्यकर्ताले नाराजुलुस गर्दै जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा अवस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा गएर तोडफोड गरीजनी गरेको बताइएको छ ।

मोर्चाका कार्यकर्ताले सो पार्टी कार्यालयको एउटा कोठाको ढोका फुटाएर त्यसभित्र रहेका टेबुल, कुर्सी, कागजात र ग्यास सिलिन्डरलगायतका सामग्री नष्ट गरेका छन् ।

त्यसैगरी, सो पार्टी कार्यालयका शौचालयमा पनि पूर्णरुपमा क्षति पु¥याएका छन् । यता जिल्ला निर्वाचन कार्यालयका बोर्ड पनि उनीहरुले उखेलेर तोडफोड गरी फालेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..