» » जेपी गुप्ताद्धारा मधेशानन्दको जीवन रक्षा निम्ति अपील

इन्द्र कुमार मधेशानन्द अामरण अनशनमा बस्नु भए्को अाज छैठो दिन हो । एक तर्कशील युवा वुद्धिजीवि, मधेस अान्दोलनका लडाकु व्यक्तित्व र सामाजिक कार्यकर्ताको रूपमा उहांको जनकपुर क्षेत्रमा बिशेष पहिचान छ । इन्द्र कुमार मधेशानन्द हाल जनजकपुर क्षेत्रमा मधेस अान्दोलनको नेतृत्व गरिरहेकाे मास (MASS) को सल्लाहकार र तरार्इ मधेस राष्ट्रिय अभियानको नेता केन्द्रीय सदस्य हुनुहुन्छ ।
संविधानसभामा रहेका मधेसी दलका सभासदहरूले राजिनामा दिएर अान्दोलनमा अाउनु पर्ने मांगका साथ उहां जनकपुरमै अामरण अनशनमा बस्नु भएको छ । जनकपुरमै रहेको समयमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले उहांसंग भेट गर्नु भयो । महन्थ ठाकुर, उपेन्द्र यादव र अन्य नेताहरू भेटसम्म गर्नु भएन । यद्यपि उहांको यस प्रयास र सहाशका प्रति जनकपुर क्षेत्रका सबैको गहिरो समर्थन छ । तरार्इ मधेस राष्ट्रिय अभियान उहांको यस साहसिक कदमको स्वागत गर्दै समर्थन गर्दछ ।
मधेसी दलका सभासदहरूले संविधानसभाबाट राजिनामा दिएर अान्दोलनमा अाउनु पर्ने मांग मधेसी अान्दोलनकारीहरूको एक मुख्य मांग हो । तर मधेसी दलहरू यसको पक्षमा छैन । सदभावना पार्टीका सभासदहरूले देखाउनका लागि राजिनामाको नाटक गरेका छन् । तर, उनिहरूले विधीवत् राजिनामा दिएका छैनन् । यो स्वीकार हुन सक्दैन । अन्य मधेसी दलहरूले त यो नाटक मञ्चनमा कलाकारपनि बन्न चाहेका छैनन् । यस्तो अवस्थामा इन्द्र कुमार मधेशानन्दले सारेको उच्च नैतिक अान्दोलनको मूल्य र प्रभाव उनीहरूले बुझ्ने कुरै अाउदैन । 


त्यहांबाट अार्इ रहेको खबर अनुसार अनशनका कारणले उहांको स्वास्थ्य अवस्था क्रमशः चिन्ताजनक हुदै गएको छ । यस प्रति राजनीतिक दलहरू, मानव अधिकारवादीहरू, नागरिक समाज र सरकार सबैले सरोकार राख्नु पर्ने बेला अाएको छ । यसमा चनाखो रहन मधेस मानव अधिकार संजाल (थर्ड एलाइन्स) को बढी सजगता अपेक्षित छ ।
अब संविधानसभामा मधेसी दलफहरूकाे अाैचित्य र अावश्यकता समाप्त भैसकेको छ । उनिहरूकै शब्दमा उनिहरू संविधानसभा छोडेर सडकमा गै सकेका छन् । यस्तो अवस्थामा मायाको जाल संविधानसभाबाट सरकारी नियम र कानून अनुसार नै राजिनामा दिनु बढी इमामन्दार कदम हुनेछ । यो महानता देखाउन तमरा अभियान सर्व प्रथम श्री उपेन्द्र यादव जीमा अनुरोध गर्दछ र सबै मधेसी दलहरूमा उपेन्द्र जीले राजिनामा दिए उहांको तत्काल अनुशरण गर्न अनुरोध गर्दछ । अन्यथा भएपनी अब मधेसी दलहरूले इन्द्र कुमार मधेशानन्दको जीवन रक्षाका लागि पहल गर्नुपर्ने अनुरोध गर्न चाहन्छाै ।
भाद्र १२ गते, २०७२

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..