» » ५० लाखको घोषणा किन गरेको भन्दै सर्वोच्चले बोलाए मधेशी मोर्चालाई

काठमाडौ भदौ १२ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई कारवाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मधेस आन्दोलनमा मृत्यु हुने परिवारलाई ५० लाख रुपियाँ, रोजगारी र निशुल्क शिक्षा दिने घोषणा गर्ने मधेशी मोर्चाको विरुद्धमा अधिवक्ताद्वय अमृत खरेल र विश्वप्रकाश पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले के भएको हो र निवेदनको माग बमोजित आदेश किन जारी नगर्ने भन्दै मधेशी मोर्चासँग लिखित जवाफ मागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह मन्त्रालयलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत् र मधेसी मोर्चाका नेताहरुलाई आफैं वा आफ्नो कानुनी प्रतिनिधिमार्फत् १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।
प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र मधेसी मोर्चाका नेताहरुलाई विपक्षी बनाएर दायर गरिएको रिटमा मधेसी मोर्चाका नेताहरुलाई उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र रामनरेश रायलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।
साथै रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफलका लागि दुबै पक्षलाई भदौ १५ गते बोलाइएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..