» » भारतीय दूतावासले भने, राजनाथले त्यसो बोलेका होइन

काठमाडौँ, भदौ १४ गते । भारतीय राजदूतावासले भारतका गृृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय रहेको भन्ने कुनै पनि अभिव्यक्ति नदिनुभएको जनाएको छ ।
यहाँस्थित दूतावासले आज विज्ञप्ति प्रकाशन गरी गृहमन्त्री सिंहले भारत महाराजगञ्ज उत्तर प्रदेशको एक कार्यक्रममा त्यस खालको अभिव्यक्ति नदिनुभएको स्पष्ट पारेको हो ।

नेपालका मधेसी समस्याको समाधान गर्न नेपाल आफँै सक्षम रहेको समेत राजदूतावासको विज्ञप्तिमा उल्लेख छ ।
भारत महाराजगञ्ज उत्तर प्रदेशको एक कार्यक्रममा भारतीय गृहमन्त्री राजनाथले नेपालमा एक करोड भारतीय रहेको र भारतबाट मधेशमा गएर बसोबास गरेको अभिव्यक्ति दिएको समााचार सञ्चारमाध्यममा आएका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..