» » नागरिक समाजले पनि आन्दोलन गर्ने

काठमाडौं, १३ भाद्र । तराई÷मधेशमा अहिले जारी रहेको आन्दोलनको समर्थन गर्दै मधेश नागरिक समाजले पनि आन्दोलन गर्ने जनाएको छ । समाजले आइतबार मधेश मिडिया हाउसमा आयोजना गरेको ‘मधेश आन्दोलनमा दमन किन ?’ विषयक अन्तरक्रिया कार्यक्रममा समाजका अध्यक्ष डा. डम्बर नारायण यादवले मधेशी दलहरु आशक्त भइसकेकाले नागरिक समाजले अब आन्दोलन गर्ने बताएका छन् । उनले मधेश आजभन्दा वर्षौ पहिले स्वतन्त्र देश नै रहेको र पछि बृटिश शासकहरुले यहाँका शासकहरुलाई दानको रुपमा मधेशको भूमि सुम्पेको इतिहास रहेको बताए ।
उनले केही नेताका स्वार्थका कारण अखण्डको नाममा संघीयता धरापमा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले नागरिक समाजको आगामी कार्यदिशाबारे पनि जानकारी दिएका थिए । समाजलाई उपत्यकामा विस्तार, सडकमा कसरी जाने र अन्तर्राष्ट्रिय जगतमा मधेश आन्दोलनबारे जानकारी गराउने कार्यक्रमहरु आगामी दिन गर्ने उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा मधेशी युथ थिंकका प्रशान्त झाले कैलाली घटनाको विषयमा बनाइको छानबिन समितिमा बाहुनहरुकै बाहुल्य रहेको उनीहरुले ल्याएको प्रतिवेदन पूर्णरुपमा निष्पक्ष हुन नसक्ने आशंका व्यक्त गरेका थिए । यसैगरी, अधिवक्ता रोशनकुमार झाले प्रचलित संविधान विपरीत मधेशमा सेना परिचालन गरेको जिकिर गर्दै भने अन्तर्राष्ट्रिय नियमकानून समेतको विपरीत रहेको बताए ।
कार्यक्रममा मधेशी युथ फोर्सका संयोजक महेश कलवारले मधेशी युवालाई मधेशी मोर्चाले सडकमा उतारेर वार्ताको पनि तयारी गरिरहेको भन्दै यदि वार्ता ग¥यो भने कारबाही गर्ने चेतावनी दिए । उनले आवश्यक परे मधेशी सेना गठन समेत गर्ने बताएका छन् । मधेशी पार्टीहरुले संविधानसभाबाट राजीनामा दिनुपर्ने उनको अडान छ ।
कार्यक्रममा सञ्चारकर्मी अनिलकुमार कर्ण, डा. गंगाप्रसाद अकेला, डा. विनय पन्जियार, डा. अशोक महासेठ, हरिबाबु चौधरी, महावीर प्रसाद सिंह, प्रवीण लाभ, अधिवक्ताहरु मनोहर साह, सीताराम अग्रवाल, रत्नेश्वर शर्मा, यमकुमार योन्जनलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..