» » वार्ताका लागि प्रधानमन्त्रीले पठाएको पत्र मधेशी मोर्चाद्धारा अस्वीकार



काठमाडौ भदौ १० गते । प्रधानमन्त्री सुशिल कोइरालाले मधेशमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्दै पत्र पठाएपनि त्यसप्रति कुनै पक्ष सकारात्मक देखिएको छैन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले त यो पत्रको आधारमा कुनै पनि हालतमा वार्ता नहुने बताएका छन् । उनीहरुले वार्ताको कुनै आधार तयार भएकै छैन । वतावारण तयार भएकै छैन अनि कसरी वार्तामा जाने भन्दै वार्ताका लागि तीन दिनको समय दिएको छ यस्तो अल्टिमेटमले वार्ता नहुने बताएका छन् ।
मधेशमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन गरिरहेका छन्, कुनै दलले होइन तर यहाँ विभिन्न दलको नाममा पत्र आएको छ, मोर्चाका नेता एवं तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भने, पहिलो कुरा त मधेशी मोर्चाको नामबाट पत्र आउनु पर्यो । र, सो पत्रमा विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धतासहित मधेशमा परिचालन गरिएको नेपाल सेना फिर्ता लिएको हुनुपर्ने, सविधान निर्माणको प्रकृयालाई रोक्नुपर्ने अनि मात्र हामी वार्ताका लागि सोच्न सक्छौ ।’
विगत एक डेढ महिनादेखि मधेशी मोर्चा आन्दोलनमा छन । अरु दल तथा संगठनले केही दिनदेखि विज्ञप्तिमार्फत आन्दोलन गरिरहेका छन् त्यसलाई पनि त्यही पत्र र हामीलाई पनि त्यही पत्र यो के गर्न खोजेको हो सरकारले ? मोर्चाका एक नेताले रातोपाटीलाई भने, मधेशमा अहिले जति जनाले सहादत प्राप्त गरेका छन्, घाइते भएका छन् मधेशी मोर्चामा आवद्ध दलका नेता तथा कार्यकर्ताहरु मात्र छन् । यहाँ धमिलो पानीमा माछा मार्नेहरुलाई पनि वार्तामा बोलाएर मधेशी मोर्चाको दर्जा दिनु घोर आपत्ति जनक हो । आकर्षक निम्तो कार्ड भएपनि त्यसैको भरमा हामी वार्तामा जान तयार छैनौ ।’
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष कहिलेदेखि आन्दोलनमा छन् ? ती नेताले भने, यी तीन दलको मोर्चा बनाउने कुरा आज मात्र आएको छ । गच्छदारजी भदौ ४ गते सात प्रदेशको विरोध गरेर संघर्षमा जाने घोषणा गर्नुभएको हो । राजकिशोरजी ८ गते एक विज्ञप्ति जारी गरी आन्दोलनलाई समर्थन जनाउनु भएको हो । शरदजी ६ गतेदेखि आन्दोलनमा जाने घोषणा गर्नुभएको हो । मधेशमा कहाँ छन् उहाँहरुको उपस्थिति कुन ठाउँमा उहाँका पार्टीका कार्यकर्ताहरु झण्डा लिएर सडकमा छन् । एउटा विज्ञप्ति जारी गर्दैमा आन्दोलनकारी भएको मानिदैन । विजयकुमार गच्छदार आफै चार दलमा भएको कारणले सल्लाहले नै आफ्नो लागि पनि पत्र पठाउन लगाएका हुन् ।’
जनकपुरमा रहनु भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले सञ्चारमाध्मबाट नै सुनेको कि प्रधानमन्त्रीले वार्ताका लागि पत्र पठाएको तर सो पत्र आफूले नपाएको बताए । पत्र आएपछि मात्र त्यसको जवाफ दिने बताउँदै उनले दललाई पत्र पठाएर वार्ता नहुने बताए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नामबाट पत्र आउनु पर्यो र पहिला भएका सम्झोता कार्यान्वयनको प्रतिवद्धता र मधेशबाट सेना फिर्ता गरे मात्र वार्ता हुने बताए ।
यता, फोरम गणतान्त्रिका अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्री कोइरालाले पठाएको पत्र आफूले पाएको बताउँदै सोही पत्रको आधारमा वार्तामा नजाने बताए । यो चियामा बोलाएको जस्तो पत्र आएको हो, यही पत्रका आधारमा वार्ता जाने कुरा हुँदैन, उनले पनि मधेशी मोर्चाका अन्य नेताको जस्तै विगतको सम्झौता कार्यान्वयन हुनुपर्ने, मधेशमा परिचालित नेपाली सेना फिर्ता हुने पर्ने आन्दोलनकारीमाथि भइरहेको प्रहरी दमन बन्द हुनुपर्ने लगायतका कार्य रोकिए मात्र वार्तामा जाने बताएका छन् ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..