» » विराटनगरमा बम विस्फोट हुदा एक जना घाइते

विराटनगर, भदौ १३ गते । विराटनगरको व्यस्त बसपार्कनजिकै आइतबार साँझ बम विष्फोट हुँदा एकजना घाइते भएका छन् ।
विस्फोटबाट विराटनगर–१३ का २४ वर्षीय निरज साह घाइते भएका हुन् । दाहिने हातमा चोट लागेका उनलाई  उपचारका लागि कोशी अञ्चल अस्पताल पु¥याइएको छ । विराटनगर–१५ मा रहेको एल लाल एण्ड सन्स पेट्रोल पम्पनजिक विष्फोट भएको प्रहरीले जनाएको छ । बम विष्फोट भएनजिकै मकालु टेलिभिजनको कार्यालय छ ।
मोरङ प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्सालका अनुसार बम विष्फोट भएजस्तो आवाज सुनिएपनि घटनास्थलमा प्रहरी पुगेर घटनाको पुष्टि गर्ने बताए । घटनाबारे बुझ्न वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको उनले बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..