» » नेपाल सद्भावना पार्टीद्धारा प्रधानमन्त्रीलाई जवाफ

काठमाडौँ, भदौ १३ गते । नेपाल सद्भावना पार्टीले प्रधानमन्त्री सुशील कोइरालाले यही भदौ ९ गतेको मितिमा नेपाल सद्भावना पार्टीको नाममा प्रेषित पत्रमा नेपालको भावी संविधानको सम्बन्धमा भदौ १०, ११ र १२ गतेमध्ये उपयुक्त समयमा आवश्यक छलफलका लागि बोलाउनु भएको सम्बन्धमा आज प्रधानमन्त्रीलाई संविधानसभा भवनमा भेटी आफ्ना माग प्रस्तुत गरेको छ ।

पार्टीद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार छलफलका लागि बोलाउनु भएकोमा पार्टी र सङ्घीय मधेसी मोर्चाका तर्फबाट धन्यवाद ज्ञापन गर्दै वार्ताका लागि सकारात्मक वातावरण बनाउन विभिन्न माग प्रस्तुत गरेको छ ।

ती मागमा गत असार १६ गतेदेखि आजसम्म सञ्चालित आन्दोलनको क्रममा मारिएका व्यक्तिलाई सहिद घोषणा गरी उनीहरुको भरणपोषणको उचित व्यवस्था तथा एकमुष्ट क्षतिपूर्ति तत्काल उपलब्ध गराउनुपर्ने, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको निःशुल्क उपचार, आन्दोलनको क्रममा भएका जनधनको क्षतिको क्षतिपुर्ति, राज्यद्वारा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने, प्रहरी हिरासतमा रहेका आन्दोलनकारीको तत्काल रिहा गर्नुपर्ने तथा टिकापुर घटनाबारे छानबीन आयोग गठन गरी दोषीलाई कार्वाही गर्नुपर्नेलगायत रहेका छन् । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..