» » भण्डारीद्धारा चुरे माग

महोत्तरी, भदौ ११ गते । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले सबै नेपालीलाई एकै स्थानमा बस्नुपर्ने भएकाले चुरेसहितको प्रदेश बनाउनुपर्ने आफ्नो पार्टीको माग रहेको बताउनुभएको छ ।

गृह जिल्ला महोत्तरी आउनुभएका अध्यक्ष भण्डारीले आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुरेविना मधेशको कल्पना समेत गर्न नसकिने भएकाले मधेशमा दुई प्रदेश चुरेसहित हुनुपर्ने माग गर्नुभयो । पहिचान र सामथ्र्यको आधारमा संघीयता हुनुपर्ने सबै दलबीचको सहमति हो तर आज यी कुरालाई छाडेर तीन दलका नेताहरु जवर्जस्ती सविधान निर्माणमा लागेको उहाँले दावी गर्नुभयो ।
उहाँले सबै नागरिकको माग सम्बोधन हुने गरी संविधानमा सबैको अधिकार समेट्नुपर्नेमा जोड दिँदै सबैको अधिकार सुनिश्चित हुने गरी यदि सविधान आएन भने देश झन संकटमा जाने चेतावनी दिनुभयो ।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..