» » रौतहटमा लगाईको दंगाग्रस्त क्षेत्र हटाउन सभासद साहको मांग

प्रेमचन्द्र झा,रौतहट भदौ १४ गते । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं रौतहट क्षेत्र नम्बर तिनका सभासद प्रभू साह ले रौतहटमा लगाईको दंगाग्रस्त क्षेत्र हटाउन मांग गर्नू भएको छ ।
साभासद साहले आईतवार गौरमा आयोजना गर्नू भएको पत्रकार सम्मेलनमा बोल्दै रौतहटमा दंगाग्रस्त क्षेत्र घोसना हूने अवस्था नरहेको दावि गर्नू भयो । रौतहटमा दंगाग्रस्त क्षेत्र घोसना गरेर सरकारले ऐन कानून बाट पाएको अधिकार दूरपयोग गरेको साभासद साहले आरोप लगाउदै दंगाग्रस्त क्षेत्र घोसना का कारन लाखौ जनताले दूख पाई रहेको बताउनु भयो ।
वन्द हडताल र आन्दोलनको स्थिति रौतहटमा छ  तर दंगाग्रस्त क्षेत्र  स्थिति नरहेको वहांले दावि गदै यसलाई तत्काल फिता लिई सहज वतावरण सृजना गराउन सरकार र स्थानिय प्रशासन संग ेमाग समेत गर्नू भयो ।
आन्दोलन को क्रममा गत ६ दिन अगाडी प्रहरीको गोली लागेर मृत्यू भएको राज किसोर ठाकूर लाई सहिद घोसना गरी पिडित परीवार लाई उचित छति पूर्ति दिन सभासद साहले माग गर्नू भयो । मृत्यू भएको एक हपता वितन लागदा पनि स्थानिय प्रशासले परीवार लाइ लास वूझाउन नगरेकोमा दू ख व्यक्त गनू भयो ।
संविधान साभामा जानताको भावना दिएको सूझाव र साभासदले राखेको कूरालाइ नसमेटेर ३ दलका नेताले  जे कूरा राख्ययो त्यसैमा छलफल हूनेगरेको साभासद साहले खूलासा गनू भयो ।
सवीधान सभामा साभासदको उपस्थि न्यून रहेको छ । अधिकास सभासदलाई लागीसकयो जनताको भावना अनूसार सविधान आउदैन त्यसैले जानतालाइं हामी खबरदारी गनं आएका छै ।
पत्रकार हरुले सोधेको प्रशनको जवाफ दिदै सभासद साहले दिपावली गरेर स्वागत गने खालको सविधान बन्नतेवाला परीस्थिति छैन । कतै जलाइनेछ,कतै च्यातिने छ र कतै दिपावली हून्छ । स्वायत मधेश प्रदेश सहीत मधेशीेको अधिकार े नया सवीधानमा नभए भने मधेशमा अहीलेको भान्दा भयानक आन्दोलन हूनसकने चेतावनी दिदै सभासद साहल त्यसको सम्ंपूण जिम्वारी सरकारले लिनूपर्ने बोल्नू भयो । सो अवसरमा एमाअवादी रौतहटटका जिल्ला इनर््चाज उपेन्द्र साह जिल्ला नेता राजन यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..