» » बालिका बलात्कार गर्ने चमार युवक प्रक्राउ


रौतहट, भदौ १२ गते । रौतहत जिल्लाको चन्द्रपुर नगरपालिका १२ की एक ६ बर्षिय बालिका बलात्कृत भएकी छिन् । स्थानीय १९ बर्षीय युवक जयराम चमारले खेल्नलाई उनकै घरमा पुगेकी बालिकालाई चक्लेट दिएर फकाई बलात्कार गरेका थिए ।
बसन्तपुरमा सेलर मिल संचालन गरेर बसेका महेन्द्र चमारका छोराले शुक्रबार दिउसो ति बालिकालाई बलात्कार गरेको पिडित बालिकाका बाबुले बताए । बालिका बलात्कार गरेर फरार रहेका चमारलाई शुक्रबार राती स्थानीयले पक्राउ गरेर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएका छन् । बलिका बलात्कार गर्ने चमारका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । रौतहटमा बालिका बलात्कारका घटना बढदै जान थालेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..