» » महोत्तरीमा अज्ञात समुहद्धारा पेटो«ल छर्केर तीन बस जलायो

राजकरण महतो,बर्दिवास, भदौं ११ गते । महोत्तरीको बर्दिवास नगरपालिका १ मा पार्किङ्ग गरि राखिएको तीन नाइट बसमा गए  राति अज्ञात समुहले आगजानी गरेका छन् ।
पाँच दिन अघिदेखि पार्किङ्ग गरि राखिएको महोत्तरीबाट काठमाँडौं चल्ने ना ५ ख ४९९४, ना. ५ ख २६९४ र भरखरै खरिद गरि ल्याएको वन टेस्ट बसमा आगजानी गरिएको स्थानीयले बताएका छन् । बिहीबार राति साँढे १० बजेको समयमा पट्रोल छर्केर बसमा आगजानी गरिएको तीनै बसका धनी महोत्तरीको औरही निवासी मुकेश चौधरीले बताएका छन् । चौधरीका अनुसार, बर्दिवास स्थित डेरामा आफु राति सुति रहेको समयमा बसमा आगो लगाइएको उनले बताए ।
आगजानीबाट जलेश्वर—जनकपुर—काठमाँडौ चल्ने ना ५ ख ४९९४ र भरखरै खरिद गरेर ल्याइएको वन टेस्ट बस पूर्ण रुपमा नष्ट भएको छ भने, महोत्तरीको सम्सि—गौशला—काठमाँडौं चल्ने बसमा आगलागीबाट आँशिक क्षति पुगेको प्रहरीले जनाएको छ । वनटेस्ट बस सडकमा गुडन नपाउँदै आगजानी भएको हो ।
बर्दिवास चोक स्थित भोला बसन्त चोक भन्दा करीब ३ सय मिटर उत्तरमा बसमा आगो लागनु प्रहरीको कमजोरी भएको स्थानीय युवा रंजितराज ढुङ्गानाले बताए । प्रहरी चोक केन्द्रत बन्दा तीन बसमा प्रहरीकै आगाडी आगो लगाई अज्ञात समुहले जलाएकोे उनले बताए ।
रिसिबीले बस जलाइएको हुन सक्ने प्रहरीले अनुमान रहेको इलका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए । उनका अनुसार बस धनी चौधरीको बस धेरै पहिलेदेखि नै टार्गेटमा रहेको प्रनि यादवले बताए । राति नै स्थानीय र प्रहरीले मिलेर बसमा लागाइएको आगो निभाएका हुन् ।बसमा किन र कसले आगो लगाएको भन्ने बारे खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक तुलसी प्रसाद उप्रेतीले बताए ।
बुधबार साँझ पूर्व—पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको लक्ष्मिनियाँ ५ स्थित बीच जंगलमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बन्दमा सवारी चलाएको भन्दौ एक बस र एक ट्रकमा आगो लगाएर जलाएको घटना सेलाउन नपाउँदै बिहिबार बर्दिवास स्थित बरगाछी टोलमा तीन बसमा अज्ञात समुहले आगजानी गरेका हुन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..