» » रौतहटको जिविस कार्यालयमा आगजनी

रौतहट, भदौँ १४ गते ।रौतहटको जिल्ला विकास समिति कार्यालयमा आगजनी भएको छ । शिवमीनदर छेउ भित्र रहेका जिविसको कार्यलयमा आगजानी गरेर सबै कागजात पत्रहरु जलेर नष्ट भएका पारेको छन ।
कार्यलय भित्र रहेका फर्निचर टेबुल , कुर्सी , स्टिलका दराज लगाएत सम्पुर्ण समानहरु जलेर नष्ट भएको छ । आगो लागेको १ घण्टा पछि जिल्ला प्रहरी कार्यलय लाई जानकारी हुने बितिकै प्रहरीका जवान लगाएत गौर नगरपालिकाका दमकल र कर्मचारीहरुको सहयोगले आगो लाई निउन्त्रणमा लिएको थियो । साथै कार्यालय भित्र बचेका केही कागजातहरु लाई बाहिर निकाल्दै  प्रहरीहरुले केही समान वचाउन सफल भएको छ । आन्दोलनकारीहरुले रौतहटको कार्यलयहरुमा अब आगो लगाउने काम सुरु गरेका छन । ।  रौतहट जिल्ला प्रहरी प्रमूख आगो लगाउने मानिसको अनूसन्धान भईरहेको बताएका छन । विहानको समय केहीमानिसले झयालको डंडी तोडर कार्यालय भित्र आगलगी गरेका बताए । आगलागी बाट क्षतीको सत्यतथ्य विवरण यकिन हुन नसकेको उनले जनाएका छन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..