» » मधेशमा झुला मेलाको रौनक

आर.के मण्डल
सिरहा, भदौ ११ गते । मधेशमा झुलाउत्सवको रौनक अचेल  मधेशका गाउँ घरका प्रत्येक मठमन्दिरमा छाएको छ । साँस्कृतिक परम्पराका रूपमा मिथिलाको विभिन्न मठमन्दिरमा झुलाउत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाको सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा सीताराम र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ ।
झुलाउत्सवको पहिलो दिनलाई ‘मणिपर्वत’ को झुला भनिन्छ । उक्त दिन मठ मन्दिरबाट डोलामा रामसीताका मूर्ति राखी रङ्गभूमिमा ल्याइएपछि मन्दिरका महन्तद्वारा उत्सवको सुरुवात गरिन्छ । मणिपर्वतका दिन टाढाटाढाबाट श्रद्धालुहरू झुलामा सहभागी हुन आउने गरेका कारण रङ्गभूमिले मेलाको रूप लिन्छ । झुलाउत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको जन विशवास रहेको छ  । सन्तहरू खुलाचौर अथवा कुनै रूखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धासाथ ल्याएका शालिग्रामलाई आसनमा राखी झुलाउने गरिन्छ ।
सम्भवतः झुला परम्परा त्यसैबेलादेखि सुरुवात भएको पोराणिक मान्यता रहेको छ ।  सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने वृन्दावनबाट नै झुलन मेलाको परमपरा आएको डा. अनिल कुमार झा बताउनुहुन्छ । सीताको माइतीमा दाइजोका रूपमा प्राप्त मणि महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो ।
त्यसैको स्मृतिस्वरूप झुलाउत्सवको प्रारम्भमा रङ्गभूमिमा आज पनि मणिपर्वत मनाउने परम्परा छ । मिथिला क्षेत्रका प्रत्येक मठमन्दिरमा झुलाउत्सव मनाइए पनि जानकी  र राममन्दिरमा विशेषताका साथ मनाइन्छ ।
  यस पर्वको अवसरमा सप्तरी कुशहा ९ बनिगामामा गतवर्ष झै यस वर्ष पनि भव्य झुला मेलाको समेत आयोजना गरेका छन् । मेलमामा ख्याति प्राप्त नेपाली कलाकार, तथा छिमेकी मुलक भारतबाट कालाकारहरु मगाएका छन् । मेलाको लागि सम्मपुर्ण तयारी पुरा भइसकेको मेला कमिटिका सदस्य मिथिलेश चौधरीले जानकारी दिए । मेलामा सुरक्षाकर्मी तथा स्वयम सेवक समेत परिचालन गरिने उनले बताए ।
मिथिलाको राजधानी जनकपुरमा झुलाउत्सवको प्रारम्भ जानकीमन्दिरका आदि महन्त सुरकिशोर दासबाट भएको पनि कथन रहेको भएपनि कुशहामा २०१६ सालदेखि नै झुलाउत्सव मनाउँदै आएको समाजसेवी दिपेन्द्र चौधरीले बताए ।
दासको आगमनको समय सन् १७३० मानिन्छ  भन्दै चौधरीले भने मिथिलाञ्चलमा रोपाइँ सकिनेबित्तिकै झुलाउत्सवको रौनक सुरु हुन्छ । यस क्रममा प्रत्येक मठमन्दिरमा कजरी र मलारजस्ता गीतको स्वर लहरी सुनिन्छ । यस्ता गीतमा कृष्णको प्रभाव देखिए पनि त्यसलाई रामसँग दाँजेर गाइने गरिएकाले आनन्दको सहज र स्वाभाविक उच्छवासको अनुभूति हुने गरेको लहान ७ निवासी भारती गुप्ताले बताइन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..