» » गच्छदारले मोर्चा वनाउदैँ, आन्दोलनमा जाने तयारी सुरु

काठमाडौँ, भदौ १० गते । प्रमुख तीन दललाई संविधान निर्माणको सन्दर्भमा सहकार्यमा रहेको मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक_का अध्यक्ष विजयकुमार गच्छदारले पनि आन्दोलनमा जाने तयारी सुरु गरेको छ ।
बारम्बारको चेतावनीका बाबजुद नेपाली प्रमुख तीन दलका शीर्ष नेताले संविधान निर्माणको क्रममा मधेशी र थारुका माग सम्बोधन गरेर अगाडि बढ्ने छाँटकाँट नदेखाएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले अन्य दुई मधेशवादी पार्टीलाई साथमा लिएर नयाँ मोर्चाबन्दीको गृहकार्य सुरु गरेका छन् । 
शरदसिंह भण्डारी मोर्चा निर्माणमा गच्छदारलाई राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) का अध्यक्ष शरतसिंह भण्डारी र मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले साथ दिँदैछन् । फोरम लोकतान्त्रिकसँग १४ जना सभासद् छन् भने रामसपाका ३ र फोरम गणतान्त्रिकका एक सभासद् छन् । यी तीन पार्टीको गृहकार्यले मूर्तरुप लिए सम्भावित मोर्चाबन्दी मधेशी राजनीतिको दोस्रो ठूलो शक्तिको रुपमा उदाउने छ ।
सिंहदरबारस्थित फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालयमा बुधबारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले मोर्चाबन्दीबारे छिनोफानो गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देव, रामसपाका प्रवक्ता केशव झा र फोरम गणतान्त्रिकका महासचिव सीपी सिंह सदस्य छन् । विहिवारको बैठकले दुई दिनभित्र नयाँ मोर्चाको नाम, आचारसंहिता, संरचना र आन्दोलनको रुपरेखा तथा मागबारे स्पष्ट खाका प्रस्तुत गर्न निर्देशन दिएको फोरम गणतान्त्रिकका महासचिव सीपी सिंहले जानकारी दिए ।
गणतान्त्रिकका अध्यक्ष यादवको अनुसार भदौ ११ गते भित्र मोर्चाको सबै काम निर्धारण भइ अगाडी बढेनेछ । मधेश र थरुहटमा जारी भीषण आन्दोलनका बाबजुद ठूला तीन पार्टीले ती क्षेत्रका जनताको चाहनाविपरीत संविधान निर्माणलाई अन्तिम चरणमा पुर्‍याएकोले आन्दोलनमा जानुको विकल्प नरहेको यादवको भनाइ छ ।
टीकापुर घटनापछि तराई मधेशका केही जिल्लामा गरिएको सेना परिचालनको पनि तीन दलले विरोध गरेको छ । आन्दोलनरत पक्षसँग वार्ता र सहमतिको आधारमा राजनीतिक माग सम्बोधन गर्नुपर्नेमा सरकार र ठूला तीन दलले सेना परिचालन गरेर परिस्थितिलाई झनै अल्झाउन खोजेको तीन दलीय बैठकको निष्कर्ष छ । अध्यक्ष यादवले सेना परिचालन तत्काल फिर्ता लिएर आन्दोलनरत पक्षसँग वार्ता नगरिए परिस्थिति झनै जटिल हुन सक्ने चेतावनी समेत दिएका छन् ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..