» » रेष्टुरेन्टबारको उद्घाटन शैलीले मचायो हंगामा, निर्वस्त्र युवतीको जीउमा भोजन (फोटो फिचर)


अट्रेलियाका सिड्नीस्थित एक रेष्टुरेन्ट बारको उद्घाटनको शैलीले ठूलै हंगामा मच्चाएको छ । सिड्नीको ओभरसिज प्यासेन्जर टर्मिनलस्थित क्रुज बारले आफ्नोे उद्घाटनका बेला आयोजना गरेको पार्टी निकै फरक तथा अनौठो पाराको भयो ।



उक्त पार्टीमा निर्वस्त्र युवतीहरुलाई टेबुलमा सुताइएको थियो । ती युवतीका जिउमा फलफूल तथा अन्य खानेकुरा राखिएको थियो र ती खानेकुराले उनीहरुका गोप्य अंग ढाकिएका थिए ।



पाहुनाहरुले निर्वस्त्र मोडलका नांगा जिउमा पस्किएका खानेकुराहरु झिक्दै खाँदै गर्नुपर्ने । यतिमात्र कहाँ हो र ती निर्वस्त्र मोडेलहरुले आफ्नै हातले आफ्नो जिउबाट खानेकुरा टिपेर पाहुनालाई ज्यूनार समेत गराउनुपर्ने ।


बुधबार राति भएको यो लज्जाजनक पार्टीका कारण उक्त बारको तिव्र आलोचना भएको छ । धेरैले उक्त बार बहिस्कार गर्ने धम्की दिएका छन् । महिलालाई त्यसरी बेइज्जतीपूर्ण ढंगले प्रस्तुत गरेको भन्दै महिला अधिकारवादी सबैभन्दा बढि रुष्ट छन् ।


तर यस विषयमा क्रुज बारका अधिकारीले प्रतिक्रिया दिन नमानेको डेली मेलले लेखेको छ । हेरौँ तहल्का मच्चाउने त्यो उद्घाटन पार्टीमा कसरी नंग्याइए युवतीहरु‘‘===


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..