» » उपेन्द्रले भने, म काठमाडौ गएको छैन, मधेशमै छु

काठमाडौ भदौ, १३ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनलाइ कमजोर गराउन मोर्चामा फुट हाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
उनले केहि व्यक्तिहरुले आफू विरोधमा फैलाउने समाचाार प्रति नलागन सचांरकर्मिहरुलाइ अनुरोध गरेका  छन् ।आफू महोतरीमा भएपनि  आन्दोलन कमजोर गर्न मधेस छाडेर काठमान्डौ गएको समाचार गलत भएको भन्दै आपती जनाएका छन् ।
मोर्चामा रहेका घटक दलहरुसगंको सहकार्य र सहमती अनुसार नै आफू महोतरीको सभालार्इ आइवार सम्वोधन गर्ने कार्यक्रममा सहभागी भएको बताउँै उनले आफू पुन राजधानी फर्केको हल्ला आन्दोलनकारीहरु माझ समेत फैलिएकोले त्यस्ता कुरामा नलाग्न अनुरोध गरेका छन् ।


त्यस्तै आजै सो  पार्टीले आफ्नो फेसबुमार्फत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई अचेल केही प्रायोजित युजरहरुले मधेशको मसिहाको रुपमा प्रस्तुत गर्ने कुचेष्टा गरेको आरोप लगाएका छन् ।
मधेश आन्दोलन बीचैमा छाडेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं गएको भन्दै सद्भावना पार्टी निकट कथित केही पत्रकार र राजनीतिको खोल ओढेका सद्भावना पार्टीका उपेन्द्र महतो लगायतका केही चापलूसहरुले अध्यक्ष यादवलाई बद्नाम गराउने प्रयास गरेका दावी गर्दै फेसबुकमा भनिएको छ, यादव महोत्तरीकै कार्यक्रममा हुनुहुन्छ । बिना कुनै निर्णय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कथित प्रवक्ता भन्दै मधेशी जनतालाई गुमराह गर्दै हिडेको केही चाटूकारहरुको यो षड्यन्त्र सफल हुन सकेन । यसप्रकारको षड्यन्त्रको हामी निन्दा एवं भत्र्सना गर्दछौं । मधेशी जनतालाई थाहा हुन जरुरी छ, सद्भावना पार्टीले संविधानसभाबाट राजीनामा घोषणा गरेर संविधानसभा अध्यक्षलाई राजीनामा पत्र पनि बुझाएको छैन र संविधानसभाको तलब भत्ता पनि बुझिरहेको छ । मधेशका जनतालाई गुमराह गर्ने कुकार्य बन्द गर । राजेन्द्र महतो, राजनीतिक जो आजीवन सत्तामै रहे सबैलाई थाहा छ । हरेक सरकारमा उद्योग वाणिज्य मन्त्रालय कि स्वास्थ्य मन्त्रालयको ठेक्का लिएका राजेन्द्र महतोलाई अनावश्यक मसिहाकरण गर्नु मधेश हितमा छैन । हुनत, मधेशमाथि संकट आएको बेला सबैप्रकारका परिवर्तनकारी शक्ति एक हुनु पर्ने बेला आपसमा आरोप प्रत्यारोप हुनु दुःखद हो । यो बेला कसैको विरुद्ध षड्यन्त्र गर्नु वा भ्रम सिर्जना गर्नु ठीक होइन । अहिले सबै शक्तिहरु एक भएर लड्ने बेला हो । मधेशको यस निर्णायक आन्दोलनमा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोको साझा निर्णायक भूमिका जरुरी छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..