» » वीरगंजमा प्रहरीको गोलीवाट दर्जनौँ घाइते, कर्फयू जारी (पत्र सहित)

वीरगन्ज भदौ १४ गते । वीरगन्जको नगवा चौकमा सुरक्षाकर्मी र प्रदर्शनकारी विच झडप हुदाँ दर्जनौँ प्रर्दशनकारी घाइते भएको छ  । स्थितीलाइ नियत्रणमा लिन सुरक्षाकर्मिबाट दर्जनाँेँ भन्दा बढी हवाइ फायर तथा दर्जनौं राउन्ड भन्दा बढी आश्रु ग्यास प्रहार गरिएको छ । झडपमा आधा दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् घाइते भएका छन भने नेपाल सदभावना पर्टीका कार्यकर्ता कृष्णा कुमार पटेल सहित तिन जनालाई गोली लागेको जनाइएको छ । वहाहरुको नारायाणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । झडपमा सुनिल साह र रामजी तुरहा लयायतका व्यक्तिहरु घाइते भएका छन् ।
बाइपास सडकको नगवा चोकमा मोर्चाका कार्यकर्ताहरुले सडक अबरुद्ध पारेर विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले पनि प्रहरी र प्रदर्शनकारीबीच झडपजारी रहेको बताइए पनि थप विवरण भने आइसकेको छैन ।
वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थानीय प्रशासनले अपरान्ह ४ बजेबाट अनिश्चितकालीन कर्फयू लगाएको छ । बन्दका क्रममा ठाउठाउमा झडप भएपछि स्थानीय प्रशासनले कफर्यूै जारी गरेको हो । कर्फयूका बावजुद वीरगञ्जको घण्टाघर, माईस्थान र मुर्लीचोकमा प्रदर्शन जारी रहेका जनाएका छन् ।
वीरगञ्ज भन्सार जोड्ने रोडमा प्रदर्शनकारीले ह्युम पाइप र ढुंगा राखेर अवरोध गरेका थिए । अवरोध हटाउने क्रममा प्रहरीलाई निशाना बनाएर आन्दोलनकारीले ढुंगा तथा पेट्रोल बम प्रहार गरेका छन् ।
यसअघि हिजो साझ नगवा चोककै सडकमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाउने क्रममा दोहोरो झडप भएको थियो । झडपमा प्रहरीसहित एक दर्जन घाइते भएका थिए । राति सशस्त्र प्रहरीले नगवासीको घरमा पसेर कुटपिट गरेको भन्दैे आज विहानैदेखि सो स्थानमा प्रहरीविरुद्ध चर्को प्रदर्शन भइरहेको छ ।
आन्दोलनकारीले आज अपराह्न साढे १ बजे वीरगञ्जको घन्टाघरमा रहेको दूरसञ्चार कार्यालयमा समेत तोडफोड गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..