» » मधेश आन्दोलनको सम्बोधन तत्काल हुनुपर्छ, शरतसिंह भण्डारी

बर्दिवास, १३ भदौ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले तत्काल मधेस आन्दोलनको सम्बोधन हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीद्वारा आज महोत्तरीको बर्दिवासमा आयोजित सद्भावसभालाई सम्बोधन गर्दै उहाँले अब मधेस आन्दोलनको सम्बोधनमा ढिलाइ हुन नहुने बताउनुभएको हो ।
अध्यक्ष भण्डारीले आफ्नो पार्टीले संविधान निर्माणमा सकारात्मक दबाब सिर्जना गर्न राष्ट्रव्यापी सद्भावसभाको आयोजना गरिरहेको बताउनुभयो ।
सभालाई सभासद् निर्जला राउत, उपाध्यक्ष जैनुल राइन, पार्टी प्रवक्ता केशव झा र समाजवादी युवा लिगका महासचिव सञ्जिवकुमार साहलगायतले सम्बोधन गर्नुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..